काठमाडौं- बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत दोस्रो सेमिफाइनलमा बंगलादेश र अफगानिस्तान प्रतिस्पर्धा गरिरहेका छन्।
टस हारेर ब्याटिङ गरिरहेको अफगानिस्तानले ४७ औं ओभरकाे खेल सकिँदा ६ विकेट गुमाएर १९८ रन जोडेको छ। डारविस अब्दुल रसुल ९७ र तारिक स्ट्यानकिजाई २४ रनमा खेलिरहेका छन्।
अफगानिस्तानका सायेद वहिदुल्लाह साफकले ३४, सौकात जमानले १३, सामी उल्लाहले ११, शाहिदुल्लाह कमल ३, मुनिर अहमदले २ र अब्दुल मलिक हुसेन १ रन जोडे।
बंगलादेशका हसन महमुदले तीन, एमडी तनवीर इस्लामले दुई र सौम्य सरकारले एक विकेट लिएका छन्।
खेलको विजेताले आगामी शनिबार फाइनलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
यसअघि बुधबार भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा पाकिस्तान भारतलाई ३ रनले हराउँदै फाइनल पुगेको थियो।
समूह ‘ए’बाट पाकिस्तान र अफगानिस्तान क्रमशः विजेता र उपविजेताका रूपमा सेमिफाइनल पुगेका थिए। यस्तै, समूह ‘बी’बाट बंगलादेश र भारतले क्रमशः विजेता र उपविजेताका रूपमा अन्तिम चारमा स्थान बनाएका थिए।
नेपालको एक जित, दुई हार
प्रतियोगितामा समूह ‘बी’ मा रहेको नेपाल समूह चरणमा तेस्रो भएको थियो। नेपालले समूह चरणका तीनमध्ये एकमा जित हासिल गरेको थियो भने दुईमा हार व्यहोरेको थियो। हङकङसँग ४० रनको जित हासिल गरेको नेपाल भारतसँग ७ विकेट र बंगलादेशसँग ८ विकेटले पराजित भएको थियो।