बिहीबार, चैत १२, २०८२

प्रदूषणका कारण भयावह बन्दैछ सिओपिडी

सिओपिडिको लक्षण देखिनासाथ उपचारको लागि अस्पताल जानुपर्छ । साथै नियमित इन्हेल्डर प्रयोग गरी उपचार गर्नुपर्छ । मानिसहरु इन्हेल्डरलाई नकारात्मक रुपमा लिने गर्छन् तर र एक पटक प्रयोग गरेपछि बानी पर्छ । इन्हेल्डरले नकारात्मक असर गर्दैन ।
 |  बुधबार, मंसिर ४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ४, २०७६

सिओपिडी अर्थात् क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज जीर्ण प्रकारको श्वासनली साँघुरिने रोग हो । यो रोग लागेपछि मानिसहरुमा स्वाँस्वाँ गर्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छन् ।

National life

सिओपीडी रोग लाग्नुको प्रमुख कारण धूमपान भए पनि वायु प्रदूषण, घरको धुवाँ, रसायानिक पदार्थ मिसिएको धुँवाको मुस्लोले यो रोग लाग्ने गर्छ । त्यसैले लामो समयसम्म धूमपान गर्ने व्यक्ति, धुँवा तथा वायु प्रदूषणमा रहने व्यक्ति (ट्राफिक प्रहरी, इँटाभट्टा, सिमेन्ट कारखानामा काम गर्ने आदि) जोखिममा हुन्छन्।

पछिल्लो समय श्वासप्रश्वास सम्बन्धि बिरामीको संख्या भयावह रुपमा बढ्दै गएको छ । बढ्दो सहरीकरण, अस्तव्यस्त जीवनशैली, अव्यवस्थित खानपानको कारण श्वासप्रश्वास सम्बन्धि बिरामीहरु बढ्दै गएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अनुसन्धान अनुसार नेपालमा प्रत्येक दश जनामा एक जनालाई श्वासप्रश्वासको दीर्घरोग (दम) सिओपिडी रहेको छ । अध्ययन अनुसार नेपालमा ११ दशमलव ७ प्रतिशत मानिसमा सिओपिडीको समस्या रहेको छ ।

परिषद्ले सबै जनसंख्या र भौगोलिक अवस्था समेट्ने गरी ४ वटा नसर्ने रोगको विषयमा अनुसन्धान गरेको थियो । सिओपिडि (श्वासप्रस्वास), मृगौला, मधुमेह र मुटु रोगका विषयमा अनुसन्धान गरिएको थियो । जसमध्ये सबैभन्दा बढी श्वासप्रस्वाससम्बन्धि बिरामी देखिएका थिए ।

Laxmi sunrise bank
kumari

सबैभन्दा बढी सिओपिडिका समस्या भएका ११.७ प्रतिशत मानिसहरु रहेका थिए । त्यसपछि क्रमशः मधुमेह, मृगौला र मुटुसम्बन्धि बिरामी भेटिएका थिए ।

अकालमै मृत्यु हुनेको चौथो कारण सिओपिडि बनेको छ । प्रत्येक बर्ष बढ्दै गएको सिओपिडिको अवस्थामा सुधार गर्न नसके सन् २०३० सम्ममा अकाल मृत्युको तेस्रो कारणमा सिओपिडी हुने देखिएको छ । बढ्दो सहरीकरण, कलकारखाना, सवारी साधनबाट निस्केका धुवाँ, प्रदूषण, गाउँमा बालिने दाउराको धुँवा श्वासप्रस्वास सम्बन्धि समस्या बनिरहेको छ ।

नेपालको लगभग ३ करोड जनसंख्यामध्ये ३४ लाख मानिसमा सिओपिडी समस्या छ । स्वास्थ्य अनुसन्धान परिषदको तथ्यांक हेर्ने हो भने कर्णाली प्रदेशमा सबैभन्दा बढी सिओपिडिका बिरामी रहेका छन् ।

नेपालको पहाडी तथा हिमाली क्षेत्रमा खाना पकाउन बालिने इन्धन खासगरी दाउरा, गुइँठा आदिबाट निस्कने धुवाँ घरेलु वायु प्रदूषणको एक मुख्य कारक हो । भण्डारीका अनुसार विषेशगरी ग्रामीण क्षेत्रमा हावा राम्रोसँग नखेल्ने (भेन्टिलेशन विनाको) भान्छाकोठामा परम्परागत चुलोमा दाउरा, कोइला, गुइँठा, कृषिजन्य अवशेष आदिजस्ता ठोस इन्धन प्रयोग गरी खाना पकाउँदा घरभित्र अत्यधिक मात्रामा वायु प्रदूषण हुन्छ । जसकारण मानिसमा श्वासप्रस्वाससम्बन्धि समस्या बढी देखिन्छ ।

नेपालको कर्णाली प्रदेशमा सबैभन्दा बढी सिओपिडीका बिरामी रहेका छन् । अनुसन्धानमा श्वासप्रश्वास सम्बन्धी रोग सिओपिडीको भार सबैभन्दा कम गण्डकी प्रदेशमा ६ दशमलव शून्य प्रतिशत र सबैभन्दा बढी कर्णाली प्रदेशमा २५ दशमलव १ प्रतिशत भेटिएको छ।

कर्णाली प्रदेशमा प्रत्येक ४ जनामध्ये १ जनामा सिओपिडिको समस्या रहेको छ । त्यस्तै सबैभन्दा कम भार भएको भनिएको गण्डकी प्रदेशमा प्रत्येक १६ जनामध्ये १ जनामा समस्या देखिएको छ ।

त्यस्तै प्रदेश नं १ मा ६ दशमलव २ प्रतिशत, प्रदेश नं २ मा १६ दशमलव ४ प्रतिशत, प्रदेश नं ३ मा ११ दशमलव ७ प्रतिशत, प्रदेश नं ५ मा ९ दशमलव ५, सुदूरपश्चिम प्रदेशमा १४ दशमलव ३ प्रतिशत सिओपिडिका विरामी रहेका छन् ।

विश्व स्वास्थ्य संगठनको २०१६ को तथ्यांक अनुसार विश्वमा २५ करोड मानिस श्वासप्रश्वाससम्बन्धि समस्याबाट प्रभावित भएका छन् भने बार्षिक ३१ लाख ७ हजार मानिस प्रभावित भएका छन् । साथै सिओपिडिबाट मृत्यु हुनेमध्ये ९० प्रतिशत मानिसहरु कम विकसित तथा अति कम विकसित देशका रहेका छन् ।

सिओपिडिका लक्षणहरु

–स्वास प्रस्वासमा समस्या (स्वाँ स्वाँ हुने)
– खोकी लाग्ने
– छाति घ्यारघ्यार हुने
– औंला वा जिब्रो निलो हुने
– दुबै खुट्टा सुन्निने

उपचार

सिओपिडिको लक्षण देखिनासाथ उपचारको लागि अस्पताल जानुपर्छ । साथै नियमित इन्हेल्डर प्रयोग गरी उपचार गर्नुपर्छ । मानिसहरु इन्हेल्डरलाई नकारात्मक रुपमा लिने गर्छन् तर र एक पटक प्रयोग गरेपछि बानी पर्छ । इन्हेल्डरले नकारात्मक असर गर्दैन ।

सिओपिडिको नेपालमा जोखिम

नेपालमा प्रत्येक पाँच जनामध्ये एक जनाले धूमपान गर्छन् । नेपालमा वर्षेनी १० हजार नेपालीले वायु प्रदूषणका कारण ज्यान गुमाइरहेका छन् । त्यस्तै नेपाल विश्वको पाँचौ वायु प्रदुषण भएको देश हो ।

सिओपिडिबाट बच्नको लागि धूमपानदेखि टाढै रहनुपर्छ भने प्रदूषणबाट जोगिन आवश्यक छ । प्रदूषणको कारणले मानिसमा मुटु, दम, खोकी, फोक्सो क्यान्सर लगाएत रोगको प्रकोप हुने गरेको छ ।

(कुराकानीमा आधारित)

प्रकाशित: Nov 20, 2019| 11:29 बुधबार, मंसिर ४, २०७६
प्रतिक्रिया दिनुहोस्