आइतबार, साउन ३१, २०८३

मन जित्दै सिटिजनको शुभारम्भ जीवन बीमा

सिटिजन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले हालसालै प्रचलनमा ल्याएको सिटिजन शुभारम्भ जीवन बीमा योजनाले प्रचलनमा आएको केही दिनमै नेपालीहरुको मन जित्न सफल भएको कम्पनीले दाबी गरेको छ।
 |  बुधबार, मंसिर ४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ४, २०७६

काठमाडौं – सिटिजन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले हालसालै प्रचलनमा ल्याएको सिटिजन शुभारम्भ जीवन बीमा योजनाले प्रचलनमा आएको केही दिनमै नेपालीहरुको मन जित्न सफल भएको कम्पनीले दाबी गरेको छ।

कार्तिक २१ गते एक विशेष कार्यक्रमको आयोजना गरी व्यवसायिक शुरुवात गरिएको उक्त बीमा योजनामा हालसम्म ३ हजार भन्दा बढी बीमितहरु आवद्ध भएका कम्पनीले जानकारी दिएको छ।

बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि १० हजारको न्यूनतम बीमाङ्क रकममा बीमा गर्न सकिने यस बीमा योजनाले बीमा अवधिभर जोखिमबहन गरी बीमितहरुलाई आर्थिक सुरक्षा प्रदान गर्दछ। यस योजनामार्फत बीमितले साधारण मृत्युमा बीमाङ्कको डबल रकम एवम् दुर्घटना मृत्युमा बीमाङ्कको तीन गुणा तथा नियमानुसारको बोनस रकम प्राप्त गर्न सक्छन्। यसका साथै स्थायी पूर्ण अशक्तता लाभ, बीमा शुल्क छुट लाभ, मासिक आयलाभ, काजक्रिया खर्च सुविधा र ५० लाखसम्मको घातक रोग उपचार खर्च जस्ता सुविधाहरु समेत यो योजनामा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: Nov 20, 2019| 10:18 बुधबार, मंसिर ४, २०७६
प्रतिक्रिया दिनुहोस्