काठमाडौं - ईङ्लिश क्लब टोटनह्यामले नयाँ प्रशिक्षक नियुक्त गरेको छ। मंगलबार माउरिसियो पोचेटिनोलाई बर्खास्त गरेको क्लबले बुधबार पूर्व चेल्सी तथा म्यान्चेस्टर युनाईटेडका प्रशिक्षक होसे माउरिन्होलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको हो।
माउरिन्होले सन् २०२२/२३ सिजनसम्मका लागि नयाँ सम्झौता गरेका हुन्। माउरिन्होले टोटनह्यामको स्क्वाड र एकेडेमी दुबैले आफूलाई प्रभावित पारेकाले क्लबको जिम्मेवारी सम्हाल्न तयार रहेको बताए।
यस्तै क्लबका अध्यक्ष डेनियल लेभीले फुटबलको सफल प्रशिक्षकको रुपमा माउरिन्होलाई पाएको बताए।
माउरिन्होकै प्रशिक्षणमा चेल्सीले सन् २००५, २००६ र २०१५ मा प्रिमियर लिगको उपाधि उचालेको थियो भने एक एफए कपको उपाधि उचालेको थियो।
टोटनह्यामले पोचेटिनोको प्रशिक्षणमा गत सिजनको च्याम्पियन्स लिग फाइनलसम्मको यात्रा तय गरेको थियो। उक्त खेलमा टोटनह्याम लिभरपुलसँग २-० ले पराजित भएको थियो।
क्लबको खराब प्रदर्शनपछि टोटेनह्यामले पोचेटिनोलाई बर्खास्त गरेको हो।