शुक्रबार, साउन १, २०८३

जनकपुरमा सागको तयारी तीव्र

जनकपुरमा सागअन्तर्गत पहिलोपटक कुस्ती प्रतियाेगता हुन लागेको हो।
 |  बुधबार, मंसिर ४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ४, २०७६


जनकपुरधाम - जनकपुरमा दक्षिण एसियाली खेलकुद (साग) को तयारी तीव्र पारिएको छ। जनकपुरमा सागअन्तर्गत पहिलोपटक कुस्ती प्रतियाेगिता लागेको हो।

१३ औं सागअन्तर्गतका विभिन्न खेलहरू काठमाडौं, ललितपुर, पोखरा र जनकपुरमा हुँदै छ। जनकपुरमा पहिलोपटक आयोजना भइरहेको सागको तयारी तीव्र रुपले अगाडि बढेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमल चौधरीले बताए।

प्रतियोगिताको समय नजिकिँदै जाँदा खेलकुद समितिका पदाधिकारी तथा सदस्यहरु तयारीमा जुटेका छन्। ‘जनकपुरमा पहिलोपटक साग आयोजना हुनु हाम्रो लागि गौरवको विषय हो,’ उनले भने, ‘जनकपुरले पाएको अवसर सदुपयोग गर्न हामी लागिपरेका छौं ।’

मंसिर २० देखि २३ गतेसम्म आयोजना हुने सागका लागि जिल्ला खेलकुद विकास समितिको मुजेलियास्थित कभर्ड हलको मर्मतसम्भारदेखि रंगरोगनलगायतका कार्य तीव्र गतिमा अगाडि बढेको छ।

खेलकुद विकास समितिका अध्यक्ष चौधरीले कवर्ड हलको भौतिक पूर्वाधार, झ्याल, ढोका, मञ्च, विशिष्ट कक्षलगायत मर्मतसम्भारका कार्य चलिरहेको जानकारी दिए । भौतिक संरचनादेखि अन्य तयारी करिब ८० प्रतिशत पूरा भइसकेको र बाँकी काम पनि १० मंसिरसम्म सकिने उनले बताए ।

प्रतियोगिता आयोजना गर्न जिल्ला खेलकुद विकास समितिले संयोजन गरेको छ भने प्राविधिक तयारी केन्द्रले गरिरहरेको छ। जनकपुरमा कुस्ती र कबड्डी खेल आयोजना गर्ने तयारी गरिए पनि राष्ट्रिय खेलकुद परिषद्ले भौतिक पूर्वाधारको अभाव देखाउँदै कुस्ती प्रतियोगिताको अनुमति दिएको थियो।

कुस्ती प्रतियोगितामा भाग लिन नेपालसहित भारत, श्रीलंका, बंगलादेश, भुटानका खेलाडी आउने निश्चित भइसकेको र पाकिस्तान तथा माल्दिभ्सले बुधबार निश्चित गर्ने अध्यक्ष चौधरीले बताए ।

प्रकाशित: Nov 20, 2019| 06:47 बुधबार, मंसिर ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।