शुक्रबार, साउन १, २०८३

सागमा नेपालका ५ सय ९९ खेलाडीले २७ खेलमा प्रतिष्पर्धा गर्दै

मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग)का लागि नेपालबाट सहभागी हुने खेलाडीको टुंगो लागेको छ।
 |  मंगलबार, मंसिर ३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३, २०७६

काठमाडौं - मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग)का लागि नेपालबाट सहभागी हुने खेलाडीको टुंगो लागेको छ। साग तयारी समितिले मंगलबार पत्रकार सम्मेलन गर्दै सागमा आयोजक नेपालबाट ५ सय ९९ जना खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ।

यसपटकको सागमा नेपालबाट तीन सय १२ पुरुष र २ सय ८७ महिला खेलाडी सहभागी हुनेछन्। सागका खेलहरु काठमाडौं, पोखरा, बर्दिया र जनकपुरमा हुनेछन्।

काठमाडौंमा एथ्लेटिक्स, बक्सिङ, ब्याटमिन्टन, फेन्सिङ, गल्फ, जुडो, कराते, सुटिङ, स्क्वास, टेबल टेनिस, पौडी, तेक्वान्दो, टेनिस, भारत्तोलन, उसु, साइक्लिङ, भलिबल, पुरुष फुटबल, क्रिकेट, बास्केटबल र कबड्डी हुनेछन्।

पोखरामा बीच भलिबल, आर्चरी, प्याराग्लाइडिङ, ह्याण्डबल, महिला फुटबल हुनेछन्। बर्दियामा खो खो र जनकपुरमा कुस्ती खेल हुने छ।

समितिका संयोजक रिम बहादुर रानाभाटले नेपालले सबै २७ खेलमा प्रतिस्पर्धा गर्ने जानकारी दिए। उनले नेपालले कम्तिमा पनि ५० स्वर्ण जित्ने लक्ष्य राखेको बताए। सागका लागि २१ खेलको प्रशिक्षण विदेशमा र बाँकी नेपालमै भइरहेको छ।

सागको तयारीका लागि परिषदले करिब ४५ करोड रुपैयाँ बजेट छुट्याएको थियो। त्यसमा अधिकांश टिमले बैदेशीक प्रशिक्षण गरेका छन्।

प्रकाशित: Nov 19, 2019| 11:40 मंगलबार, मंसिर ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।