शुक्रबार, साउन १, २०८३

इटालीसँग अर्मेनिया ९-१ ले स्तब्ध

युरोकप-२०२०को छनोट चरणको आफ्नो अन्तिम खेलमा इटालीले अर्मेनियामाथि फराकिलो जित हासिल गरेको छ।
 |  मंगलबार, मंसिर ३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३, २०७६

काठमाडौं- युरोकप-२०२०को छनोट चरणको आफ्नो अन्तिम खेलमा इटालीले अर्मेनियामाथि फराकिलो जित हासिल गरेको छ।

सोमबार राति भएको समूह ‘जे’ अन्तर्गतको खेलमा इटालीले अर्मेनियालाई ९-१ को गोलअन्तरले हराएको हो।

अर्मेनियालाई फराकिलो जित दिलाउन चिरो इमोबिलले र निकोलो जानिओलोले दुई-दुई तथा निकोलो बारेला, एलेसिुओ रोमाग्नोली, जर्जिनिओ, रिकार्दो ओर्सोलिनी र फेडेरिको केइसाले समान एक गोल गरे।

खेलको आठौं मिनेटमा इमोबिलले गोल गर्दै इटालीलाई १-० काे अग्रता दिलाए। त्यसको १ मिनेट बित्न नपाउँदै जानिओलोले गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए। त्यसपछि इटालीले खेलको २९, ३३, ६४, ७२, ७५, ७७ तथा ८१ औं मिनेटमा गोल गर्‍यो।

अर्मेनियाले खेलको ७९ औं मिनेटमा एक गोल फर्कायो। अर्मेनियाका लागि एड्गर बाबायनले सान्त्वना गोल गरे।

इटालीको यो दोस्रो ठूलो सर्वाधिक जित हो। यसअघि उसले सन् १९४८ मा अमेरिकालाई ९-० ले हराएको थियो।

प्रकाशित: Nov 19, 2019| 03:24 मंगलबार, मंसिर ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।