शुक्रबार, साउन १, २०८३

रोमानियामाथि स्पेनको फराकिलो जित

युरोकप-२०२० छनोटअन्तर्गत सोमबार राति सम्पन्न खेलमा स्पेनले रोमानियामाथि ५-० को फराकिलो जित हात पारेको छ।
 |  मंगलबार, मंसिर ३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३, २०७६

काठमाडौं- युरोकप-२०२० छनोटअन्तर्गत सोमबार राति सम्पन्न खेलमा स्पेनले रोमानियामाथि ५-० को फराकिलो जित हात पारेको छ।

स्पेनलाई जित दिलाउन जेराड मोरार्डेले दुई तथा फाबियन रुइज र मिकेल ओयार्जाबालले समान एक गोल गरे। रूइजले खेलको ८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। टिम १-० को अग्रता बनाउँदा मोरार्डेले खेलको ३३ औं मिनेटमा गोल गरे। त्यसको १० मिनेटमै उनले अर्काे गोल गरी टिमलाई ३-० को बलियो स्थितिमा पुर्याए।

खेलको ४५ औं मिनेटमा रोमानियाले आत्मघाती गोल गर्याे। रोमानियाका एड्रिएन रुसले आत्मघाती गोल गर्दा स्पेनले ४-० को अग्रता बनायो।

खेलको अतिरिक्त समयको पहिलो मिनेटमा ओयार्जाबालले गोल गर्दै टिमलाई ५-० को जित दिलाए।

प्रकाशित: Nov 19, 2019| 03:04 मंगलबार, मंसिर ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।