बिहीबार, असार ३२, २०८३

'कुवेतलाई कडा टक्कर दिन्छौं'

कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपाल र कुवेतबीच मंगलबार खेल हुँदैछ।
 |  सोमबार, मंसिर २, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २, २०७६

काठमाडौं – कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपाल र कुवेतबीच मंगलबार खेल हुँदैछ।

खेल थिम्पुको चाङ्लिमिथाङ रंगशालामा नेपाली समयअनुसार पौने ३ बजे सुरु हुनेछ। निर्माणाधिन दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार हुन नसकेपछि नेपालले घरेलु खेल न्यूट्रल भेन्यूको रुपमा भुटानमा खेल्न लागेको हो।

यसैबीच खेल अघि भएको प्रेस कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतविरुद्धको खेलमा कडा चुनौति प्रस्तुत गर्ने बताएका छन्। उनले आफूहरुका लागि कुवेतविरुद्धको खेल निकै महत्वपूर्ण भएको उल्लेख गर्दै आफूहरु कडा चुनौति प्रस्तुत गर्न तयार रहेको बताए।

‘यो हाम्रा लागि निकै महत्वपूर्ण खेल हो। हामी यस खेलमार्फत पुनरागमन गर्न तयार छौं।’ कालिनले भने, ‘कडा चुनौति प्रस्तुत गर्नेछौं। खेलाडीहरु यसका लागि तयार छन्।’ प्रशिक्षक कालिनले कुवेतले प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेको भएपनि आफूहरु कडा चुनौति प्रस्तुत गर्नेमा विश्वस्त रहेको बताए।

नेपाली टोलीका कप्तान किरन लिम्बुले आफ्नो टोली कुवेतलाई कडा टक्कर दिन तयार भएको बताए।

यता कुवेतका प्रशिक्षक थमर इनाडले नेपाललाई आफूहरुले कमजोर टोलीका रुपमा नलिएको बताए। नेपाललाई भुटानको हावापानीले पनि साथ दिएको उनले बताए। उनले नेपालविरुद्धको खेलमा ३ अंक खोस्दै समूहको दोस्रो स्थानमा उक्लिने दाबीसमेत गरे।

यसअघि भएको अवे खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको थियो।

प्रकाशित: Nov 18, 2019| 09:59 सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।