बुधबार, चैत ११, २०८२

नेपाललाई पहिलो सफलता, करनले लिए विकेट

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटअन्तर्गत बंगलादेशविरुद्धको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ।
 |  सोमबार, मंसिर २, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २, २०७६

काठमाडौं- बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटअन्तर्गत बंगलादेशविरुद्धको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ।

National life

नेपालका लागि करन केसीले पहिलो विकेट लिएका हुन्। उनले खेलको ५.५ ओभरमा बंगलादेशका सौम्य सरकारलाई ११ रनमा सन्दीप जोराद्वारा क्याच आउट गराए।

१३९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको बंगलादेश ८ ओभर सकिँदा एक विकेट गुमाएर ३८ रनमा खेलिरहेको छ। एमडी नैम शैख २१ रनमा खेलिरहँदा नजमुल सान्टोले भने रन जोड्न सकेका छैनन्।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १३८ रन जोडेको थियो। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३८ रनको योगदान दिए। ६३ बल सामना गरेका कामीले चार चौका प्रहार गरेका थिए। यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले २६, करन केसीले १८, आरिफ शेखले ११ र कुशल भुर्तेलले १० रनको योगदान दिए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ स्याद मिनहजुल अबेदिन र सुमोन खानले सर्वाधिक तीन-तीन विकेट लिए। यस्तै, मेहदी हसन र एमडी तनवीर इस्लामले समान दुई विकेट लिए।

Laxmi sunrise bank
kumari

जारी प्रतियोगिताको समूह चरणअन्तर्गत नेपाल र बंगलादेशको यो तेस्रो तथा अन्तिम खेल हो।

प्रकाशित: Nov 18, 2019| 07:25 सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।