बिहीबार, असार ३२, २०८३

नेपालद्वारा बंगलादेशलाई १३९ रनको लक्ष्य प्रस्तुत

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशलाई १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  सोमबार, मंसिर २, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २, २०७६

काठमाडौं- बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशलाई १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ४४.३ ओभरमा अलआउट हुँदै १३८ रन बनायो।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३८ रनको योगदान दिए। ६३ बल सामना गरेका कामीले चार चौका प्रहार गरेका थिए। यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले २६, करन केसीले १८, आरिफ शेखले ११ र कुशल भुर्तेलले १० रनको योगदान दिए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ स्याद मिनहजुल अबेदिन र सुमोन खानले सर्वाधिक तीन–तीन विकेट लिए। यस्तै, मेहदी हसन र एमडी तनवीर इस्लामले समान दुई विकेट लिए।

बंगलादेशले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ।

जारी प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो नेपाल पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा हङकङसँग ४० रनले विजयी भएको थियो।

बंगलादेशले भने यसअघिका दुवै खेलमा विजयी भएको थियो। बंगलादेशले आफ्नो पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भारतलाई पराजित गरेको थियो।

जारी प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । यस समूहमा नेपालसँगै भारत, बंगलादेश र हङकङ छन्। समूह ‘ए’मा भने पाकिस्तान, श्रीलंका, अफगानिस्तान र ओमान छन्।

प्रकाशित: Nov 18, 2019| 06:17 सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।