बिहीबार, असार ३२, २०८३

युरोकपका लागि छानियो पोर्चुगल

साबिक विजेता पोर्चुगल युरोकप २०२० का लागि छनोट भएको छ।
 |  सोमबार, मंसिर २, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २, २०७६

काठमाडौं- साबिक विजेता पोर्चुगल युरोकप २०२० का लागि छनोट भएको छ।

युरोकप छनोटअन्तर्गत आइतबार राति सम्पन्न खेलमा लग्जेम्बर्गलाई २-०ले पराजित गर्दै पोर्चुगल युरोकपका लागि छनोट भएको हो। पोर्चुगलको जितमा बुरनो फर्नान्डेस र क्रिश्चियानो रोनाल्डोले एक–एक गोल गरे। फर्नान्डेसले खेलको ३९ औं र रोनाल्डोले ८६ औं मिनेटमा गोल गरेका हुन्।

जितसँगै पोर्चुगल समूह ‘बी’बाट उपविजेता बनेकाे छ। पोर्चुगलको ८ खेलबाट १७ अंक जोडेको छ।

युक्रेन भने समूह विजेता बन्दै युरोकपका लागि छानिएको छ। युक्रेनले ८ खेलबाट २० अंक जोडेको छ।

यस समूहमा सर्बिया तेस्रो स्थानमा छ। उसको ८ खेलमा १४ अंक छ।

 

प्रकाशित: Nov 18, 2019| 05:22 सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।