बिहीबार, असार ३२, २०८३

नेपालद्वारा हङकङ ४० रनले पराजित, दोस्रो चरणको सम्भावना कायमै

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा शनिबार नेपालले हङकङलाई ४० रनले पराजित गरेको छ। यससँगै नेपालको दोस्रो चरणको पुग्ने सम्भावना कायमै छ।
 |  शनिबार, कात्तिक ३०, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ३०, २०७६

काठमाडौं– बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा शनिबार नेपालले हङकङलाई ४० रनले पराजित गरेको छ। 

२१८ रनको लक्ष्य पछ्याएको हङकङ १७७ रनमा समेटिएपछि नेपालले प्रतियोगिताको दोस्रो खेलमा जित निकालेको हो। हङकङका लागि किञ्चित साहले सर्वाधिक ५३ रन जोडे। यस्तै, हरुन मोहम्मद अश्रदले २६, असन अली, शाहिद वसिफ र नसरुल्लाह रानाले समान १० रनको योगदान दिए। इसवान नवाजले नटआउट रहँदै ४४ रन जोडे।

हङकङको ब्याटिङ ध्वस्त गर्न करन केसी र अविनास बोहराले तीन तथा सुशान भारीले दुई विकेट लिए। दुई खेलाडी भने रनआउट भए।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१७ रन जोडेको थियो। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शरद भेषवाकरले सर्वाधिक ८९ रन जोडेपछि नेपालले २०० को आँकडा पार गरेको थियो। यस्तै, नेपालका लागि आरिफ शेखले ४२ र दीपेन्द्रसिंह ऐरीले ३७ रन जोडे।

बलिङतर्फ हङकङका मोहम्मद अ‍ैजज खानले तीन तथा नसरुल्लाह राना र एहसान नवाजले समान दुई विकेट लिए।

जितसँगै नेपालको दोस्रो चरणको पुग्ने सम्भावना कायमै छ। 

प्रतियोगिताअन्तर्गत नेपालको यो दोस्रो खेल हो। यसअघि नेपाल पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको थियो।

प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेल आगामी सोमबार बंगलादेशसँग खेल्नेछ।

नेपाल समूह ‘बी’मा छ। याे समूहमा भारत, बंगलादेश र हङकङ सहभागी छन्। समूह ‘ए’मा पाकिस्थान, अफगानिस्थान, श्रीलंका र ओमान छन्।

समूहका शीर्ष दुई टिम दोस्रो चरणमा प्रवेश गर्नेछन्।

भारतलाई हराउँदै बंगलादेश शीर्षमा

प्रतियोगितामा अपराजित बंगलादेश ४ अंकका साथ समूह चरणको शीर्ष स्थानमा छ। पहिलो खेलमा हङकङलाई पराजित गरेको बंगलादेशले शनिबार भारतलाई पराजित गरेको हो।

दुई खेलबाट २ अंक बटुलेको भारत अंकतालिकाको दोस्रो स्थानमा छ।

भारतसँग समान अंक भए पनि रनरेटका आधारमा नेपाल तेस्रो स्थानमा छ। नेपालले दोस्रो चरण प्रवेशका लागि कम्तिमा बंगलादेश विरुद्धको खेल जित्नुपर्ने हुन्छ।

हङकङले भने अंक बटुल्न सकेको छैन।

 

 

प्रकाशित: Nov 16, 2019| 10:27 शनिबार, कात्तिक ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।