बुधबार, चैत ११, २०८२

नेपाललाई अर्काे सफलता, हङकङको तेस्रो विकेट झर्याे

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटअन्तर्गत हङकङ विरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ।
 |  शनिबार, कात्तिक ३०, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ३०, २०७६

काठमाडौं- बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटअन्तर्गत हङकङ विरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ।

National life

नेपालका लागि अभिनास बोहराले तेस्रो विकेट लिए। उनले ७.१ ओभरमा प्रारम्भिक ब्याट्सम्यान निजाकोट खान मोहम्मदलाई ९ रनमा विनोद भण्डारीद्वारा क्याच आउट गराए।

यसअघि करन केसीले दुई विकेट लिएका थिए। उनले क्यामरुन ल्याचल्यान मकाउस्ल्यान र असन अलीलाई आउट गरेका थिए।

२१८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको हङकङ दस ओभरमा ३ विकेट गुमाएर ४५ रनमा खेलिरहेको छ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१७ रन जोडेको थियो। अलराउन्डर शरद भेषवाकरले सर्वाधिक ८९ रन जोडेपछि नेपालले २०० को आँकडा पार गरेको थियो। नेपालका लागि आरिफ शेखले ४२ र दीपेन्द्रसिंह ऐरीले ३७ रन जोडे।

Laxmi sunrise bank
kumari

बलिङतर्फ हङकङका मोहम्मद अ‍ैजज खानले तीन तथा नसरुल्लाह राना र एहसान नवाजले समान दुई विकेट लिए।

प्रतियोगिताअन्तर्गत यो नेपालको दोस्रो खेल हो।

प्रकाशित: Nov 16, 2019| 07:58 शनिबार, कात्तिक ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।