बिहीबार, असार ३२, २०८३

नेपालले हङकङलाई दियो २ सय १८ रनको विजयी लक्ष्य

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले हङकङलाई जितका लागि २ सय १८ रनको लक्ष्य दिएको छ।
 |  शनिबार, कात्तिक ३०, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ३०, २०७६

काठमाडौं - बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले हङकङलाई जितका लागि २ सय १८ रनको लक्ष्य दिएको छ।

अघिल्लो चरण प्रवेशको सम्भावना जिवितै राख्न आजको खेल जित्नै पर्ने दबाबमा रहेको नेपालले निर्धारीत ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २१७ रन जोडेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गर्‍यो। ओपनिङमा आएका नेपालका कप्तान ज्ञानेन्द्र मल्लले आजको खेलमासमेत निराशाजनक प्रदर्शन गरे। उनी २ बल खेल्दै शुन्य रनमा आउट हुँदा अर्का ओपनर कुशल भुर्तेल १ रनमा आउट भए। ३ रनमै दुई विकेट गुमाउँदै धर्मराएको नेपाली इनिङ्श उकास्ने क्रममा शरद भेषावकरले ८९ रन बनाए। उनले १३९ बलमा ९ चौका प्रहार गरे। शरद र दिपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि ८३ रनको साझेदारी गरे। दिपेन्द्रले ३७ रन बनाए। यस्तै नेपालका लागि महम्मद आशिफ शेखले ४२ रन बनाए। विनोद भण्डारीले १५ रन बनाउँदा करन केसी ७ रनमा आउट भए। हङकङका मोहम्मद अैजज खानले तीन तथा नसरुल्लाह राना र एहसान नवाजले समान २/२ विकेट लिए।

पहिलो खेलमा भारतको यू-२३ टोलीसँग ७ विकेटले पराजित भएपछि नेपाल दबाबमा परेको हो। दुबै टोलीले पहिलो खेलमा हार व्यहोरेका थिए। हङकङ पनि आयोजक बंगलादेशसँग ९ विकेटले पराजित भएको थियो।

नेपालले समूह चरणको अन्तिम खेल आयोजक बंगलादेशसँग सोमबार खेल्ने छ।

प्रकाशित: Nov 16, 2019| 06:36 शनिबार, कात्तिक ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।