शुक्रबार, साउन १, २०८३

कुवेतसँग खेल्ने नेपाली टोलीको घोषणा

कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार कुवेतसँग खेल्ने २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो ।
 |  शुक्रबार, कात्तिक २९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २९, २०७६

काठमाडौं - कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार कुवेतसँग खेल्ने २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो ।

नेपालले मंसिर ३ गते भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा कुवेतविरुद्ध घरेलु खेल खेल्दैछ। खेल यस अघि दशरथ रंगशाला हुने भनिएपनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार नभएकाले फिफा र एसियन फुटबल फेडेरेसन (एएफसी) ले खेल न्यूट्रल भेन्युमा गर्न एन्फालाई निर्देशन दिएको थियो। त्यसपछि एन्फाले भुटानमा खेल गर्न प्रस्ताव गरेको थियो।

यस अघि कुवेतसँग भएको अवे खेलमा नेपाल ७-० ले पराजित भएको थियो। छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ।

यस्तो छ कुवेतसँग खेल्ने नेपाली टिम :

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर : रोहित चन्द, सुनिल बल, रवी पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, बिक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, मिक्छेन तामाङ

फरवार्ड : भरत खवास, विमल घर्ति मगर, अविशेक रिजाल, नवयुग श्रेष्ठ

प्रकाशित: Nov 15, 2019| 08:18 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।