शुक्रबार, साउन १, २०८३

बी एण्ड आर कप : म्यानमारविरुद्ध नेपालको सहज जित

बी एण्ड आर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली यू–१९ राष्ट्रिय महिला टोलीले सहज जित निकालेको छ। बिहीबार भएको प्रतियोगिताको तेस्रो खेलमा नेपालले म्यानमारलाई ३५ रनले पराजित गरेको हो।
 |  बिहीबार, कात्तिक २८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २८, २०७६

काठमाडौं - बी एण्ड आर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली यू–१९ राष्ट्रिय महिला टोलीले सहज जित निकालेको छ। बिहीबार भएको प्रतियोगिताको तेस्रो खेलमा नेपालले म्यानमारलाई ३५ रनले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०७ रन बनाएको हो। नेपालका लागि कविता कुँवरले सर्वाधिक २८ रनको योगदान गरिन्। त्यस्तै शिला क्षेत्रीले १५ रन बनाउँदा यशोदा विष्टले १० तथा कप्तान डली भट्टले १५ रन बनाइन्।

नेपालले दिएको १०८ रनको लक्ष्य पछ्याएको म्यानमारले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ७२ रन बनाउन सक्यो। म्यानमारलाई सस्तैमा समेट्न नेपालकी कृतिका मराशिनीले सर्वाधिक तीन विकेट लिइन्। त्यस्तै इश्वरी विष्टले दुई विकेट लिइन्।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी कृतिका मराशिनी प्लेअर अफ दी म्याच चुनिइन्। प्रतियोगितामा यो नेपालको दोस्रो जित हो। यसअघि भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग २९ रनले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले चीनलाई ८ विकेटले पराजित गरेको थियो।

प्रकाशित: Nov 14, 2019| 08:05 बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।