काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ।
सम्झौताअनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकले सिद्धार्थका देशभर सञ्चालनमा रहेका होटल तथा रेष्टुरेन्टबाट प्राप्त हुने विभिन्न सेवा सुविधामा दश प्रतिशतसम्मको छुट प्राप्त गर्ने भएका छन्।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायव महाप्रबन्धक अपूर्व प्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरे।