शुक्रबार, साउन १, २०८३

भलिबलमा नेपाललाई ऐतिहासिक उपाधि

नेपाली राष्ट्रिय महिला भलिबल टिमले इतिहास रचेको छ। बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबलको उपाधि हात पारेसँगै नेपालले पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय उपाधि चुमेको हो। नेपालले प्रतियोगिता भर अपराजित रहँदै उपाधिमाथि कब्जा जमाएको हो।
 |  बिहीबार, कात्तिक २८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २८, २०७६

काठमाडौं - नेपाली राष्ट्रिय महिला भलिबल टिमले इतिहास रचेको छ।

बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबलको उपाधि हात पारेसँगै नेपालले पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय उपाधि चुमेको हो। नेपालले प्रतियोगिता भर अपराजित रहँदै उपाधिमाथि कब्जा जमाएको हो।

बिहीबार सम्पन्न उपाधि भिडन्तमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। यसअघिको लिग चरणमासमेत नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै समूह विजेता बनेको थियो।

उपाधि भिडन्तमा नेपालले माल्दिभ्सलाई २५-१३, २५-१२ र २५-८ को सेटमा पराजित गर्‍यो।

यसअघि नेपाली महिला टोलीले सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुदमा कांस्य तथा सन् २००६ मा श्रीलंका तथा २०१६ मा भारतमा भएको क्रमश: ११ औं र १२ औं सागमा पनि कांस्य जितेको थियो।

प्रकाशित: Nov 14, 2019| 10:11 बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।