आइतबार, साउन ३१, २०८३

लघुवित्तमार्फत साढे ४३ लाखलाई वित्तीय सेवा

लघुवित्त सेवा दिने संस्थासँगै सेवाग्राही पनि बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
 |  बिहीबार, कात्तिक २८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २८, २०७६

काठमाडौं - लघुवित्त संस्थाहरुबाट सेवा लिने ग्राहक संख्या साढे ४३ लाख पुगेको छ। लघुवित्त सेवा दिने संस्थासँगै सेवाग्राही पनि बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार २०७६ असारसम्म ९० वटा संस्थाले लघुवित्त सेवा दिइरहेका छन्। 

२०७५ असारसम्ममा लघुवित्तका ग्राहक २८ लाख ५६ हजार थिए। पछिल्लो एक वर्षमा लघुवित्त संस्थाहरुमा २० लाखभन्दा बढी ग्राहक थपिएका छन्।

लघुवित्तले ग्रामीण भेगमा समूह निर्माण गरी सामूहिक जमानीमा विना धितो लगानी गर्दै आएका छन्। हाल सञ्चालनमा रहेका संस्थाहरुले तीन हजार ५४७ शाखाबाट ९ लाख २७ हजार समूह निर्माण गरी एक अर्व १० करोड कर्जा परिचालन गरेका छन्।

विपन्न वर्गलाई वित्तीय पहुँच पुर्याई गरिब निवारण गर्न नेपालमा लघुवित्त कार्यक्रम सुरु गरिएको हो। सरकारले कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ।

बैंक तथा वित्तीय संस्थाले निश्चित प्रतिशत अनिवार्य रुपमा विपन्न वर्गमा लगानी गर्नुपर्ने नीतिगत प्रावधान छ। यही व्यवस्थाअनुसार वणिज्य बैंकहरुले कुल कर्जाको ५ प्रतिशत, विकास बैंकहरुले ४।५ प्रतिशत र फाइनान्स कम्पनीहरुले ३ प्रतिशत विपन्न वर्गमा लगानी गर्नुपर्छ।

यो रकममध्ये अधिकांश लघुवित्तमार्फत परिचालन हुँदै आएको छ।


लघुवित्त संस्थाहरुले बढी ब्याज लिएको गुनासो बढेपछि राष्ट्र बैंकले ७ प्रतिशत स्प्रेडदर तोकेको छ। जसमा लघुवित्तहरुले ४ प्रतिशत प्रशासनिक लागत जोड्न पाउने भए पनि व्याजदर १८ प्रतिशत बढी लिन नपाइने व्यवस्था छ।

प्रकाशित: Nov 14, 2019| 09:19 बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्