बिहीबार, चैत १२, २०८२

चुरोटले खराब भएका दुबै फोक्सोको पहिलाे पटक सफल प्रत्यारोपण

अमेरिकामा पहिलो पटक एक युवकाका दुबै फोक्सोको सफल प्रत्यारोपण गरिएको छ।
 |  बिहीबार, कात्तिक २८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २८, २०७६

एजेन्सी- अमेरिकामा पहिलो पटक एक युवकाका दुबै फोक्सोको सफल प्रत्यारोपण गरिएको छ।

National life

मिशिगन राज्यको एक अस्पतालका चिकित्सकहरुले ६ घण्टा लगाएर भएको सर्जरीमा १७ वर्षीय युवा एथलिटको थुमपानका कारण छियाछिया भएका दुबै फोक्सोको सफल प्रत्यारोपण गरेका हुन्।

युवकको दुबै फोक्सो इलेक्ट्रिक सिगरेटका कारण पूर्ण रुपमा काम नलाग्ने भएका थिए। फोक्सो प्रत्यारोपणको कुनै विकल्प नरहेपछि चिकित्सकले दुबै फोक्सो प्रत्यारोपण गरेका थिए।

यो प्रत्यारोपणलाई चिकित्सा क्षेत्रको ठूलो उपलब्धि भनिएको छ।

चिकित्सकहरुले भिडियो गेमका सौखिन ती युवक गत पाँच सेप्टेम्बरमा विरामी भएर सेन्ट जोन अस्पतालमा भर्ना भएका बताएका छन्।

Laxmi sunrise bank
kumari

त्यहाँ उनलाई निमोनियाको विरामीका रुपमा उपचार गरिएको थियो। तर दिनप्रतिदिन स्वास्थ्यमा समस्या देखिएको र श्वासप्रश्वासमा समस्या हुन थालेपछि १२ सेप्टेम्बरमा भेन्टिलेटरमा भर्ना गरिएको थियो।

उनको अवस्थामा सुधार नआएपछि हेनरी फोर्ड अस्पतालमा लगिएको थियो। त्यहाँ पनि उनलाई एक महिनासम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको।

त्यहाँको चिकित्सहरुले १५ अक्टोबरमा युवकका दुबै साइडको फोक्सो खराब भएको पत्ता लगाए। त्यस्तो पत्ता लागेपछि उनको दुबै तर्फको फोक्सो प्रत्यारोपण नगरी नहुने निष्कर्षमा चिकित्सहरु पुगे।

चिकित्सकहरुले आफूले थुप्रै विरामीको फोक्सोको प्रत्यारोपण गरिसकेको भए पनि यस्तो खराब फोक्सो देखेर आश्चर्यचकित भएको बताएका छन्।

उनीहरुका अनुसार दोस्रो विश्वयुद्धमा मस्टार्ड ग्यासका कारण कतिपय सैनिकको फोक्सो यसै प्रकारले विग्रिएको थियो।

दुबै तर्फको फोक्सो प्रत्यारोपण अघि चिकित्सकहरुले विशेष प्रकारको मेशिनबाट युवकलाई अक्सिजन दिएका थिए।

चिकित्सकहरुले इलेक्ट्रिक चुरोटका कारण युवकको फोक्सो त्यसरी खराब भएको अनुमान गरेका छन्।

प्रकाशित: Nov 14, 2019| 09:03 बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्