शुक्रबार, साउन १, २०८३

नेपालले दियो भारतलाई १९४ रनको लक्ष्य

पवन शर्राफको अर्धशतकको सहयोगमा नेपालले बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको पहिलो खेलमा भारत इमर्जिङ टिम्सलाई १ सय ९४ रनको लक्ष्य दिएको छ।
 |  बिहीबार, कात्तिक २८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २८, २०७६

काठमाडौं- पवन शर्राफको अर्धशतकको सहयोगमा नेपालले बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको पहिलो खेलमा भारत इमर्जिङ टिम्सलाई १ सय ९४ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९३ रन बनायो। नेपालका लागि पवनले अर्धशतकीय पारी खेले। छैटौं नम्बरमा ब्याटिङ गर्न आएका पवनले ४९ बलमा ७ चौका र २ छक्काको सहयोगमा ५६ रन जोडे।

यस्तै, शरद भेषावकरले ४४ र दीपेन्द्रसिंह ऐरीले २४ रनको योगदान दिए। कप्तान ज्ञानेन्द्र मल्ल भने शून्य रनमै आउट भए। दुई बलको सामना गरेका मल्ल पहिलो ओभरको दोस्रो बलमा सौरभ दुबेको बलमा बोल्ड आउट भए।

नेपालले दोस्रो विकेटको रुपमा नेपालले कुशल भुर्तेललाई २८ रनमा गुमाएको थियो। नेपालका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका आशिफ शेख पनि दुई रन बनाएर आउट भए। नेपालका लागि करण केसीले २० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। बलिङतर्फ भारतका लागि सौरव दुबेले सर्वाधिक चार विकेट लिए। त्यस्तै यस राठोडले तीन र पार्थ राखेडेले दुई विकेट लिए।

खेल बंगलादेशको ढाकास्थित बंगलादेश कृरा शिक्खा मैदानमा भइरहेको छ।

भारतले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रकाशित: Nov 14, 2019| 07:00 बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।