आइतबार, साउन ३१, २०८३

माछापुच्छ्रे बैंकले थप्यो ११ शाखा

माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लामा ११ शाखा कार्यालय विस्तार गरेको छ।
 |  बुधबार, कात्तिक २७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २७, २०७६

काठमाडौं - माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लामा ११ शाखा कार्यालय विस्तार गरेको छ।

बैंकले चितवन जिल्लाको हाकिमचोक र पर्सा, नवलपरासीको वर्दघाट, रुपन्देहीको मनिग्राम, कपिलबस्तुको चन्द्रौटा र तैलिहवा, दाङको तुल्सीपुर र लमही, वर्दियाको गुलरिया तथा कैलालीको लम्की र अत्तरियामा शाखा विस्तार गरेको छ।

११ शाखा कार्यालयहरुको औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। सञ्चालनमा आएका शाखासहित अब बैंकले १४४ शाखा तथा १३३ शाखारहित बैकिङ्ग सेवा मार्फत सेवा प्रदान गरिरहेको छ।

प्रकाशित: Nov 13, 2019| 10:14 बुधबार, कात्तिक २७, २०७६
प्रतिक्रिया दिनुहोस्