आइतबार, साउन ३१, २०८३

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर सञ्चालन गरेको छ।
 |  बुधबार, कात्तिक २७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २७, २०७६

काठमाडौं- एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर सञ्चालन गरेको छ।

यसअन्तर्गत ग्राकहले करबाहेक प्रतिमिनेट १ रूपैयाँमा देशभित्रको सम्पूर्ण नेटवर्कमा कल गर्न सक्छन्।

यो अफरबाहेक विद्यमान शुल्क अनुसार एनसेलका ग्राहकले अन्य सेवाप्रदायकको नेटवर्कमा कल गर्दा करबाहेक प्रतिमिनेट १.९९ रूपैयाँ लाग्छ।

मंगलबार (कात्तिक २६) देखि संचालनमा आएको यो अफरअन्तर्गत ग्राहकले २० मिनेटको अल नेटवर्क टक टाइम (देशका अन्य कुनै पनि टेलिकम सेवाप्रदायकको नेटवर्कमा कल गर्न मिल्ने) करबाहेक २० रूपैयाँ (करसहित २५.५४ रूपैयाँ)मा लिन सक्ने एनसेलले जनाएको छ।

एनसेलले देशभित्रको अन्य नेटवर्कमा सुलभ दरमा कल गर्न सकिने अफर ल्याइएको यो पहिलो पटक हो।

प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले एस्ट्रिक्स १७११८ एष्ट्रिक्स ७ ह्यास डायल गर्न सक्छन्। प्याक सुचारु गरेपछि २४ घण्टाका लागि मान्य हुनेछ।

यो प्याकले ग्राहकलाई अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाइ र आफन्तजनसँग सुलभ दरमा सम्पर्कमा रहन मद्दत गर्ने एनसेलको विश्वास छ।

अफर माघ २६ गतेसम्म संचालन हुनेछ।

प्रकाशित: Nov 13, 2019| 07:06 बुधबार, कात्तिक २७, २०७६
प्रतिक्रिया दिनुहोस्