आइतबार, साउन ३१, २०८३

एनसेलका १४ ‘सुपर सेलर’ पुरस्कृत

दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडले काठमाडौं र ललितपुरका १४ प्वाइन्ट अफ सेल्स (पीओएस)/खुद्रा बिक्रेतालाई पुरस्कार वितरण गरेको छ।
 |  मंगलबार, कात्तिक २६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २६, २०७६

काठमाडौं- दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडले काठमाडौं र ललितपुरका १४ प्वाइन्ट अफ सेल्स (पीओएस)/खुद्रा बिक्रेतालाई पुरस्कार वितरण गरेको छ।

‘एनसेल सुपर सेलर’ योजनाअन्तर्गत खुद्रा बिक्रेतालाई सुन, ल्यापटप, माउन्टेन बाइक र वासिङ मेसिन वितरण गरिएको एनसेलले जनाएको छ।

योजनाको ‘गोल्ड’ समूहअन्तर्गत ७ बिक्रेताले जनही १ तोला सुन (२४ क्यारेट) पुरस्कार पाएका छन्, जसमा रिजन डेरी (बसपार्क), ओम साई राम कम्युनिकेसन (मनमैजु), सार्प सोलुसन (कलंकी), टिआरएल इलेक्ट्रोनिक सप (नयाँ बजार), एम.के. स्टोर (सतुंगल), डिआर भिजन सेन्टर (ठमेल, पीपलबोट) र श्री पशुपति इन्टरप्राइजेज (नयाँ बजार) छन्।

‘सिल्भर’ समूहअन्तर्गत चार खुद्रा बिक्रेताले माउन्टेन बाइक पुरस्कार जितेका छन्, जसमा राना स्टोर (मिलन टोल), एन.बी.टी मोबाइल मर्मत सेन्टर (जोरपाटी), राज इन्टरनेसनल ट्रेडर्स (सामाखुसी) र बिकी इलेक्ट्रोनिक्स (इमाडोल) छन्।

त्यस्तै, ‘ब्रोन्च’ समूहअन्तर्गत न्यु कन्काई स्टोर (नयाँ बानेश्वर) र सरस्वती खाद्य स्टोर (भैंसेपाटी)ले १–१ थान ल्यापटप पुरस्कार पाएका छन् भने दामोदर फ्रेम पसल (बालाजु)ले वासिङ मेसिन जितेका छन्।

पुरस्कार विजेतालाई एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्ग, क्रिकेट खेलाडी सन्दीप लामिछाने, कलाकार प्रियंका कार्की र गायक शिव परियारले संयुक्तरूपमा पुरस्कार हस्तान्तरण गरेका थिए।

योजनाअन्तर्गत पुरस्कार जित्न योग्य खुद्रा बिक्रेतालाई पुरस्कार वितरण गरिएकाे एनसेलले जनाएको छ।

एनसेलले देशभरका खुद्रा बिक्रेतालाई लक्षित गरी गत चैत १ गतेदेखि ‘एनसेल सुपर सेलर’ योजना लागू गरेको हो । एनसेलका अनुसार यो योजना आगामी पुस मसान्तसम्म लागू हुनेछ।

योजनाअन्तर्गत खुद्रा बिक्रेतालाई ‘प्लाटिनम’, ‘गोल्ड’, ‘सिल्भर’ र ‘ब्रोन्ज’ समूहमा विभाजन गरी पुरस्कार वितरण गरिएको एनसेलले जनाएको छ। एनसेलका अनुसार योजनामा सहभागी हुनेले आकर्षक बम्पर उपहार (कार, युरोप टुर र आइफोन) जित्न सक्नेछन्।

प्रकाशित: Nov 12, 2019| 07:35 मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्