शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • वेस्ट इन्डिजद्वारा अफगानिस्तानविरुद्धको क्रिकेट शृंखला क्लिन स्विप

वेस्ट इन्डिजद्वारा अफगानिस्तानविरुद्धको क्रिकेट शृंखला क्लिन स्विप

वेस्ट इन्जिडले अफगानिस्तानसँगको एकदिवसीय क्रिकेट शृंखला क्लिन स्विप गरेको छ।
 |  मंगलबार, कात्तिक २६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २६, २०७६

काठमाडौं- वेस्ट इन्जिडले अफगानिस्तानसँगको एकदिवसीय क्रिकेट शृंखला क्लिन स्विप गरेको छ। सोमबार राति सम्पन्न अन्तिम तथा तेस्रो खेलमा अफगानिस्तानलाई पाँच विकेटले पराजित गर्दै वेस्ट इन्डिजले ३-० ले शृंखला जितेको हो।

२५० रनको चुनौती पछ्याउँदै ब्याटिङ थालेको वेस्ट इडिजले ४८.४ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्यो। वेस्ट इन्जिजलाई जित दिलाउन प्रारम्भिक ब्याट्सम्यान साइ होपले अविजित १०९ रन बनाए। त्यस्तै, रोस्टन चेसीले अविजित ४२ रन तथा ब्रान्डन किङले ३९ रन जोेडे।

अफगानिस्तानका मुजिब उर रहमानले सर्वाधिक दुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २४९ रन जोडेको थियो। अफगानिस्तानका लागि अस्घर अफगानले सर्वाधिक ८६ रनको योगदान दिए। यस्तै, हजरतउल्लाह जाजई र मोहमद नाबीले समान ५० रन बनाए।

वेस्ट इन्डिजका किमो पाउलले तीन तथा अल्जारी जोसेफले दुई विकेट लिए।

एजेन्सी

प्रकाशित: Nov 12, 2019| 04:43 मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।