शुक्रबार, जेठ १, २०८३

लता मांगेश्करको अवस्था गम्भीर, आईसीयूमा भर्ना

भारतकी प्रसिद्ध गायिका लता मांगेश्करको स्वास्थ्यमा समस्या आएपछि मुम्बईस्थित अस्पतालमा भर्ना भएकी छन् ।
 |  सोमबार, कात्तिक २५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २५, २०७६

भारतकी प्रसिद्ध गायिका लता मांगेश्करको स्वास्थ्यमा समस्या आएपछि मुम्बईस्थित अस्पतालमा भर्ना भएकी छन् ।

National life

यसअघि भाइरल इन्फेक्सन भएपछि अस्पताल भर्ना भएकी मांगेश्करको स्वास्थ्य अवस्थामा सुधार आएपछि घर लगिएकोमा उनको फेरि स्वास्थ्य अवस्था गम्भीर बनेको हो ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार छातीमा संक्रमण भएपछि सोमबार दुई बजे अस्पताल भर्ना भएकी उनी गम्भीर अवस्थामा आईसीयूमा छन् ।

भारतको प्रतिस्ठित पुरस्कार ‘भारत रत्न’ र ‘दादा साहब फाल्के’ जस्ता सम्मान प्राप्त ९० वर्षीया मांगेश्कर भारतीय फिल्म जगतकी सर्वश्रेष्ठ गायिका मानिन्छिन् ।

 

प्रकाशित: Nov 11, 2019| 12:59 सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।