मंगलबार, असोज २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गर्भनर भन्छन्, ‘बैंक तथा वित्तीय संस्था निजी हुँदैनन्’

गर्भनर भन्छन्, ‘बैंक तथा वित्तीय संस्था निजी हुँदैनन्’

नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले जनताको पैसा संकलन गरेर चलेका बैंक तथा वित्तीय संस्थाहरु निजी संस्थाका रुपमा नरहने बताएका छन्।
 |  सोमबार, कात्तिक २५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २५, २०७६

काठमाडौं- नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले जनताको पैसा संकलन गरेर चलेका बैंक तथा वित्तीय संस्थाहरु निजी संस्थाका रुपमा नरहने बताएका छन्।

काठमाडौंमा सोमबार एक फाइनान्स कम्पनीको उद्घाटनका अवसरमा बोल्दै गर्भनर नेपालले विश्वमा कहीं पनि बैंक तथा वित्तीय संस्थाहरू निजी नहुने धारणा व्यक्त गरेका हुन् ।

उनले भने, “जनताको पैसा संकलन गरेर चलेका संस्थालाई निजीको रूपमा कतै पनि हेरिंदैन ।”

सबै वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको नीति, निर्देशनको पालना गर्नुपर्ने बताएका नेपालले अगाडि भने, “बैंक तथा वित्तीय संस्था निजी उद्योगको रूपमा चल्नु हुँदैन । यदि त्यसो भएको पाइयो भने राष्ट्र बैंकले कारबाहीको दायरामा ल्याउँछ ।”

मुलुकको विकास र समृद्धिको लागि निक्षेप परिचालन जरूरी भएको र, जनताको पैसा डुब्न नदिन नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरूमाथि निगरानी बढाएको पनि उनले बताएका थिए ।

 

प्रकाशित: Nov 11, 2019| 08:18 सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्