बुधबार, चैत ११, २०८२

भारतलाई टी-२० क्रिकेट शृंखला

भारतले बंगलादेशसँगको टी-२० क्रिकेट शृंखला जितेको छ।
 |  सोमबार, कात्तिक २५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २५, २०७६

काठमाडौं- भारतले बंगलादेशसँगको टी-२० क्रिकेट शृंखला जितेको छ।

National life

आइतबार राति भएको खेलमा बंगलादेशलाई ३० रनले पराजित गर्दै भारतले शृंखला २-१ ले जितेको हो। यसअघि पहिलो खेलमा पराजित भएको भारतले दोस्रो खेलमा पुनरागमन गरेको थियो।

शृंखला अन्तर्गतको अन्तिम खेलमा दीपक चाहरले कीर्तिमानी विकेट लिएपछि भारतले सहजै जित निकाल्यो।

१७५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले १९.२ ओभरमा सबै विकेट गुमाएर १४४ रनमा सीमित भयो। बंगलादेशका लागि मोहम्मद नाइमले ८१ रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। त्यस्तै, मोहम्मद मिथुनले २७ रन जोडे।

चाहरले ३.२ ओभरमा सात रन खर्चिएर ६ विकेट लिए। यो टी-२० क्रिकेटको उत्कृष्ट बलिङ फिगर हो। यसअघि यो कीर्तिमान श्रीलंकाका स्पिनर अजन्ता मेन्डिसको नाममा थियो। उनले जिम्बाबेविरुद्ध ८ रन खर्चिएर ६ विकेट लिएका थिए।

Laxmi sunrise bank
kumari

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १७४ रन बनाएको थियो। भारतको लागि श्रेयस ऐयरले ६६ र केएल राहुलले ५२ रन बनाएका थिए।

बंगलादेशका लागि सौम्य सरकार तथा साफिउल इस्लामले समान दुई विकेट लिँदा अल अमिन हुसेनले एक विकेट चट्काए।

चाहर खेलको प्लेअर अफ दि म्याच र प्लेअर अफ सिरिज घोषित भए। उनले शृंखलामा ८ विकेट लिएका छन्।

प्रकाशित: Nov 11, 2019| 02:49 सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।