आइतबार, साउन ३१, २०८३

उद्योग वाणिज्य महासंघको भावी अध्यक्षमा शेखर पक्का

उद्योग वाणिज्य महासंघको कात्तिक २९ गतेका लागि तोकिएको विषेश साधारणसभा रोकिएको छ।
 |  आइतबार, कात्तिक २४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २४, २०७६

काठमाडौं- उद्योग वाणिज्य महासंघको कात्तिक २९ गतेका लागि तोकिएको विषेश साधारणसभा रोकिएको छ। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानलाई संशोधन गर्ने उद्देश्यसहित बोलाइएको विषेश साधारणसभा रोकिएपछि आगामी महासंघको अध्यक्ष शेखर गोल्छा हुने पक्का भएको हो।

शुक्रबार बसेको विधान संशोधन समितिको बैठकले विशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो। समितिले गरेको निर्णयको प्रस्तावलाई आज महासंघको स्थायी समिति बैठकले अनुमोदन गरेको छ।

विधान संशोधन समितिका संयोजक रहेका चण्डीराज ढकालले विषेश साधारणसभा बोलाएर विधान संसोधन गर्ने प्रस्ताव बैठकमा राखे पनि प्रक्रिया नपुगी  विधान संशोधन अघि बढाइएको भन्दै सदस्यहरुले फरक मत राख्दै आएका थिए। सोही फरक मतलाई आधार मानेर २९ गतेका लागि बोलाइएको विषेश साधारणसभा स्थगित गर्ने निर्णय भएको हो।

समितिका संयोजक ढकाल महासंघको अध्यक्षमा गोल्छालाई आउन नदिने पक्षमा थिए। नेपालको निजी क्षेत्र नै माडवारी र नेवार समुदाय गरी दुई भागमा विभाजन भएको र ढकाललाई नेवार समुदायको पक्षमा काम गरिरहेको आरोपसमेत छ। 

यदि विधान संशोधन गरी अध्यक्षमा चुनाव भएमा गोल्छाको स्थानमा जो कोही आउनसक्ने भएका कारण ढकालले आफूले भनेको मान्छेलाई ल्याउने दाउका साथ विधान संशोधन गर्ने प्रस्ताव पेश गर्न लागेका थिए। 

यता आफू अध्यक्ष बन्न नपाउने भएपछि लबिङमा लागेका गोल्छाले चन्द्रप्रसाद ढकाललाई आगामी कार्यकालमा बरिष्ठ उपाध्यक्ष बनाउने र करिब दुई कार्यकाल विधान संशोधन नगरी उनलाई नै अर्को पटकको अध्यक्ष सुम्पने गरी सम्झौता गरेको बुझिएको छ।

सो गोप्य सम्झौता भएपछि ढकालको सक्रियता र अध्यक्ष भवानी राणाको समर्थनका कारण विधान संशोधन सहितको विषेश साधारणसभा रोकिएको हो। विधान संशोधन स्थगित भएपछि हालका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नै महासंघको भावी अध्यक्ष हुने पक्का भएको छ। 

यसअघि राणालाई अध्यक्ष बनाउन चण्डीराज ढकालको सक्रियतामा बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने गरी विधान संशोधन गरिएको थियो।

प्रकाशित: Nov 10, 2019| 11:42 आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्