आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भृकुटीमण्डपमा जुत्ता–चप्पल मेला, ७० प्रतिशतसम्म छुट

भृकुटीमण्डपमा जुत्ता–चप्पल मेला, ७० प्रतिशतसम्म छुट

भृकुटीमण्डपमा जारी जुत्ता-चप्पल मेलामा ७० प्रतिशतसम्म छुट दिने गरेको आयोजकले जनाएका छन्।
 |  आइतबार, कात्तिक २४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २४, २०७६

काठमाडौं- भृकुटीमण्डपमा जारी जुत्ता-चप्पल मेलामा ७० प्रतिशतसम्म छुट दिने गरेको आयोजकले जनाएका छन्।

मेलामा बिएफ डियर हिल सुज, रन सुज र शिखर सुजका जुत्ता-चप्पल राखिएका छन्।

शिखर सुजका अध्यक्ष तथा प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले मेला उपभोक्ताका लागि अभूतपूर्व अवसर भएको बताए। उनका अनुसार मेलामा जुत्ता-चप्पलमा ७० प्रतिशतसम्म छुट दिइएको छ।

बिएफ डियर हिल सुजका अध्यक्ष होमनाथ उपाध्यायले जाडोमा जुत्ता-चप्पल किन्ने उपभोक्तालाई लक्षित गरी मेला आयोजना गरिएको बताए। उनका अनुसार मेलामा पार्टी सुज पनि राखिएका छन्।

रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले जाडो सिजन सुरु भएकाले न्यानो खालका जुत्ता मेलामा राखिएको बताए। “मेलामा २ सय ५० रूपैयाँदेखिका चप्पल र ५ सय रूपैयाँदेखि जुत्ता उपलब्ध हुनेछन्,” उनले भने।

आयोजकका अनुसार मेलामा महिला र पुरुषका लागि हजारभन्दा बढी मोडलका जुत्ता-चप्पल उपलब्ध छन्।

मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल तथा कार्यालयका युनिफर्मलगायत जुत्ता राखिएकाे आयोजकले जनाएका छन्।

‘विन्टर फुटवेयर बिजनेस एक्स्पो’ नाम दिइएको मेला गत बिहीबार सुरु भएको हो। मेलाको उद्घाटन प्रदेश ३ का आर्थिक मामिला एवं योजना मन्त्री कैलाश ढुंगेलले गरेका थिए।

प्रकाशित: Nov 10, 2019| 05:23 आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्