शुक्रबार, साउन १, २०८३

रियलको फराकिलो जित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित निकालेको छ।
 |  आइतबार, कात्तिक २४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २४, २०७६

काठमाडौं- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित निकालेको छ।

शनिबार राति भएको खेलमा रियलले ईबरमाथि ४-० को जित निकालेको हो।

रियलको जितमा करिम बेन्जिमाले दुई तथा कप्तान सर्जियो रामोस र भाल्भर्डेले एक-एक गोल गरे। खेलको १७ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। २० औं मिनेटमा रामोसले पेनाल्टीमार्फत गोल गर्दै रियलको अग्रता दोब्बर पारे। २९ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३-० ले अघि बढाए। 

दोस्रो हाफामा थप एक गोल गर्ने क्रममा खेलको ६१ औं मिनेटमा फेडरिको भाल्भर्डेले गोल गर्दै रियललाई ४-० को फराकिलो जित दिलाए।

जितपछि रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ। दुवै टिमको २५ अंक भएको छ। तर, गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा रहँदा रियल दोस्रो स्थानमा छ। इबर १५ अंकसहित तालिकाको १५ औ स्थानमा छ।

एजेन्सी

प्रकाशित: Nov 10, 2019| 03:17 आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।