शुक्रबार, साउन १, २०८३

पीएसजीको संघर्षपूर्ण जित

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वान फुटबलमा संघर्षपूर्ण जित निकालेको छ।
 |  आइतबार, कात्तिक २४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २४, २०७६

काठमाडौं- पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वान फुटबलमा संघर्षपूर्ण जित निकालेको छ।

शनिबार राति भएको खेलमा ब्रेस्टाविरुद्व २-१ को संघर्षपूर्ण जित निकालेको हो।

खेलको ३९ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० को अग्रता लिएको पीएसजीले खेलको ७२ औं मिनेटमा गोल खाएपछि खेल १-१ काे बराबरी भयाे। ग्रान्डसिरले ७२ औं मिनेटमा ब्रेस्टका लागि बराबरी गोल फर्काएका थिए। त्यसपछि ८५ औं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई हारबाट जोगाए।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेको पाँचौ मिनेटमा इकार्डिले गोल गर्न सफल भए। इकार्डीको गोलसँगै पीएसजी पुनः जितको यात्रामा फर्किएको छ।

साविक विजेता पीएसजीले १३ खेलमा १० जित निकाल्न सफल भएको छ। उसले दोस्रो स्थानको एन्गर्ससँग ९ अंकको अग्रता बनाएको छ। शीर्ष स्थानको पीएसजीको ३० अंक छ। ब्रेस्ट १७ अंकसहित तालिकाको दसाै‌ स्थानमा छ।

एजेन्सी

प्रकाशित: Nov 10, 2019| 02:59 आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।