बुधबार, चैत ११, २०८२

मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको सानदार जित

कप्तान लियोनेल मेस्सीको ह्याट्रिकमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सानदार जित निकालेको छ।
 |  आइतबार, कात्तिक २४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २४, २०७६

काठमाडौं- कप्तान लियोनेल मेस्सीको ह्याट्रिकमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सानदार जित निकालेको छ।

National life

शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा डि भिगोमाथि ४-१ को फराकिलो जित निकालेको हो।

बार्सिलोनाको सहज जितमा मेस्सीको ह्याट्रिकसँगै सर्जियो बुस्केट्सले एक गोल गरे। मेस्सीले फ्रिकिकमा दुई तथा पेनाल्टीमा एक गाेल गरेका हुन्।

सेल्टाका लुकास ओलाजाले एक गोल फर्काए। खेलको २३औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। ४२औं मिनेटमा सेल्टाका ओलाजाले पेनाल्टी बक्सबाहिर प्राप्त फ्रिकिकमा सुन्दर गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए।

तर, पहिलो हाफमा इन्जुरी समयमा मेस्सीले फ्रि-किकमा सुन्दर गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २-१ को अग्रता दिलाए। ४८औं मिनेटमा मेस्सीले पुनः फ्री-किकमा ह्याट्रिक पुरा गर्दा बार्सिलोनाले ३-१ को अग्रता बनायो। खेल सकिन ५ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी सर्जियो बुस्केटले गोल गर्दै बार्सिलोनालाई ४-१ को फराकिलो जित दिलाए।

Laxmi sunrise bank
kumari

जितसँगै बार्सिलोना १२ खेलबाट २५ अंक जोडेर शीर्षस्थानमा छ। समान २५ अंक रहेपनि रियाल म्याड्रिड गोलअन्तरमा दोस्रो स्थानमा छ। पराजित सेल्टा ९ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ।

एजेन्सी

प्रकाशित: Nov 10, 2019| 02:44 आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।