शनिबार, साउन १६, २०८३

अयोध्यामा बन्ने भयो राम मन्दिर

लामो समयदेखि विवादित भारतको अयोध्याको राम मन्दिर बन्ने भएको छ।
 |  शनिबार, कात्तिक २३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २३, २०७६

नयाँ दिल्ली- लामो समयदेखि विवादित भारतको अयोध्याको राम मन्दिर बन्ने भएको छ।

भारतको उत्तर प्रदेशस्थित अयोध्यामा रामको जन्मभूमि अर्थात राम मन्दिरमा बाबरी मस्जिद बनाइएको भन्दै लामो समयदेखि विवाद हुँदै आएको थियो।

उक्त विषयमा भारतीय सर्वोच्च अदालतले आज फैसला सुनाउँदै राम मन्दिर बनाउने बाटो खोलेको हो।

साथै बाबरी मस्जिद बनाउन ५ एकड जग्गा अयोध्यामै उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ।

विवादित जग्गामा मन्दिर बनाउन र ट्रष्ट बनाउन पनि केन्द्र सरकारलाई अदालतले आदेश दिएको हो।

प्रधानन्यायाधीश रंजन गोगोइसहित पाँच सदस्यीय विशेष इजलासले उक्त फैसला सुनाएको हो।

प्रकाशित: Nov 09, 2019| 06:02 शनिबार, कात्तिक २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।