शुक्रबार, साउन १, २०८३

नेपालले एमसीसीसँग टी-ट्वान्टी खेल्दै

नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले आज (शनिबार) यू-१९ र सिनियर मिश्रीत टोलीसँग टी-ट्वान्टी खेल्दैछ।
 |  शनिबार, कात्तिक २३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २३, २०७६

काठमाडौं - नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले आज (शनिबार) यू-१९ र सिनियर मिश्रीत टोलीसँग टी-ट्वान्टी खेल्दैछ।

खेल ११ बजे टियु क्रिकेट मैदानमा सुरु हुने छ। सिनियर टोलीका प्रशिक्षक उमेश पटवालले नेपाली टोलीको कप्तानी युवा खेलाडी रोहित कुमार पौडेलले गर्ने जानकारी दिएका छन्। आजको खेलमा सिनियर टोलीका ठूला खेलाडी भने हुने छैनन्। उनीहरुलाई आराम दिइएको छ भने युवा टोलीलाई मैदानमा उतार्ने तयारी प्रशिक्षक पटवालले गरेका छन्।

आजको खेलमा रोहितसँगै अमित श्रेष्ठ , सन्दीप जोरा, अभिनास बोहोरा, कमलसिंह ऐरी, नन्दन यादव, कुशल भुर्तेल, सुसन भारी तथा राशिद खानलगातका खेलाडीले स्थान बनाउने सम्भावना रहेको छ।

एमसीसीको टोलीमा भने कुनै परिवर्तन हुने छैन। पहिलो एकदिवसीय खेलमा एमसीसीसंग नेपाली यू-१९ टिम ३८ रनले पराजित भएको थियो।

टी-ट्वान्टी पछि एमसीसी टिम पोखरा जानेछ। त्यहाँ उसले पोखरा आमन्त्रण-११ र मुख्यमन्त्री-११ संग दुई टी-ट्वान्टी क्रिकेट खेल्नेछ।

प्रकाशित: Nov 09, 2019| 04:04 शनिबार, कात्तिक २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।