शुक्रबार, साउन १, २०८३

अन्तिमतिर सम्हालिन नसक्दा यू-१९ बाहिरियो

एएफसी यू-१९ च्यापिम्पयनसिप छनोट प्रतियोगितामा नेपाल आयोजक इरानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
 |  शनिबार, कात्तिक २३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २३, २०७६

काठमाडौं - एएफसी यू-१९ च्यापिम्पयनसिप छनोट प्रतियोगितामा नेपाल आयोजक इरानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। शुक्रबार भएको खेलमा इरानसँग ४-० गोलले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।

छनोटको पहिलो खेलमा नेपाल युएईसँग पनि समान ४-० ले नै पराजित भएको थियो।

इरानसँगको खेलमा पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा चार गोल खायो। इरानसँगको खेलको अन्तिम तिर सम्हालिन नसक्दा नेपालले नमिठो पराजय व्यहोर्नु पर्‍यो। इरानका लागि खेलको ७७ औं मिनेटमा मोहमदमह्दी अहमादी, ८५ औं मिनेटमा कप्तान अहमद रिजा जिलाली, ८६ औं मिनेटमा अलिरिजा मोनाजामी र ९० औं मिनेटमा एरिया बार्जेगरले गोल गरे।

जितसँगै समूह डी को इरानले २ खेलमा ६ अंक जोडेको छ। इरान शीर्ष स्थानमा छ। पुछारमा रहेको नेपाल अंकविहिन रहेको छ। नेपालले छनोटको अन्तिम खेल आईतबार किर्गीस्तानसँग खेल्नेछ।

 

प्रकाशित: Nov 09, 2019| 02:11 शनिबार, कात्तिक २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।