बुधबार, चैत ११, २०८२

तीन सातामा दक्षिण एसियाली खेल : तयारी भद्रगोल

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पहिलो आयोजक नेपाल।
 |  शनिबार, कात्तिक २३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २३, २०७६

काठमाडौं - दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पहिलो आयोजक नेपाल। सन् १९८३ मा पहिलो संस्करण सफलतापूर्वक गरेको नेपालले १९९९ मा आठौँ संस्करण पनि सानदार सम्पन्न गर्‍यो। त्यसको २० वर्षपछि १३औँ साग १५ मंसिरदेखि नेपालमै हुँदै छ। तर, यसपटक सागको तयारी सन्तोषजनक भइरहेको छैन। हरेक दुई वर्षमा हुनुपर्ने सागका लागि नेपालले तीनपटकसम्म मिति सारेर चार वर्षसम्म लम्ब्याउँदासमेत पूर्वाधार निर्माण सकाएको छैन।

National life

एक वर्षअघि नै नेपालमा सम्पन्न हुनुपर्ने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) तीनपटक म्याद थपेर १५ मंसिरमा गर्ने तयारी छ। तर, तीन साता मात्रै बाँकी हुँदा पूर्वाधार तयारी भने अपूरो छ। साग उद्घाटन हुने दशरथ रंगशालाको भिभिआइपी प्यारापिटको छानो अहिलेसम्म चीनमै छ।

प्यारापिटको छानो जहाजबाट काठमाडौं ल्याउने तयारी भइरहेको खेलकुदमन्त्री जगत विश्वकर्मा बताउँछन्। ‘थप रकम खर्चेर भए पनि हवाईजहाजबाटै कार्गो गरी छानो ल्याउँछौँ,’ उनले भने। समयमै छानो आएन भने दर्शक, खेलाडी तथा अफिसियल खुला आकाशमुनि बस्नुपर्ने अवस्था हुन सक्छ। १५ मध्ये छानोका लागि पाँचवटा पिलर ठड्याइएकोमा १० वटा राख्न बाँकी नै छ। समयमै काम सक्न आफू राति अबेरसम्म पनि रंगशालामै खटिएको मन्त्री विश्वकर्मा बताउँछन्।

काठमाडौं, ललितपुर, पोखरा र जनकपुरका विभिन्न स्थलमा खेल हुनेछन्। (नयाँ पत्रिका)

प्रकाशित: Nov 09, 2019| 01:32 शनिबार, कात्तिक २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।