शुक्रबार, साउन १, २०८३

भारतसँग बंगलादेश पराजित

भारतमा जारी टी-२० क्रिकेट शृंखलाअन्तर्गत दोस्रो खेलमा भारतले बंगलादेशलाई पराजित गरेको छ।
 |  शुक्रबार, कात्तिक २२, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २२, २०७६

काठमाडौं- भारतमा जारी टी-२० क्रिकेट शृंखलाअन्तर्गत दोस्रो खेलमा भारतले बंगलादेशलाई पराजित गरेको छ।

राजकोटमा बिहीबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई आठ विकेटले पराजित गरेको हो। १५४ रनको चुनौती पछ्याएको भारतले १५.४ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्याे। भारतका लागि कप्तान रोहित शर्माले ८५ रनको आक्रामक पारी खेल्दै टिमलाई जित दिलाए। उनले ४३ बलमा ६ छक्का र ६ चौका प्रहार गरे।

शिखर धवनले ३१ र श्रेयस ऐयरले अविजित २४ रन बनाए। बंगलादेशका अमिनुल स्लामले दुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेटको गुमाएर १५३ रन जोडेको थियो। बंगलादेशका लागि मोहम्मद नाइमले ३६, सौम्य सरकार र महमुदुल्लाहले समान ३० रन बनाए।

खेलको प्लेअर अफ दि म्याच रोहित घोषित भए।

जितसँगै भारतले बंगलादेशसँग ३ खेलको टी-२० क्रिकेट शृंखलामा १-१ को बराबरी गरेको छ। यसअघि पहिलो खेलमा भारत बंगलादेशसँग ७ विकेटले पराजित भएको थियो।

प्रकाशित: Nov 08, 2019| 02:15 शुक्रबार, कात्तिक २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।