आइतबार, साउन २४, २०८३

शिक्षा नीति पारित

सरकारले राष्ट्रिय शिक्षा नीति २०७६ पारित गरेको छ। शिक्षा मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा ‘राष्ट्रिय शिक्षा नीति २०७६’ जारी गरिएको हो।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

काठमाडौं - सरकारले राष्ट्रिय शिक्षा नीति २०७६ पारित गरेको छ। शिक्षा मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा ‘राष्ट्रिय शिक्षा नीति २०७६’ जारी गरिएको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नीति २०७६ लाई टेकेर तीन विधेयक ल्याउने तयारी भएको जानकारी दिए। शिक्षा क्षेत्रका समस्या समाधानका लागि ऐन निर्माण भइरहेको उनको भनाइ छ।

एक वर्षको गृहकार्यपछि तयार भएको शिक्षा नीतिलाई कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो।

नेपालमा सञ्चालनमा रहेका विदेशी शैक्षीक संस्थालाई प्रकृया पूरा गरेर सञ्चालन गर्न मन्त्री पोखरेलले आग्रह गरेका छन्। नेपालमा सञ्चालनमा रहेका विदेशी शैक्षीक संस्थाले राजस्व नबुझाएको, अध्यावधिक नगरेका विद्यालयलाई १५ दिनभित्र सम्पूर्ण प्रकृया पूरा गर्न मन्त्रालयले सूचना पठाएको उनले जानकारी दिए। मन्त्री पोखरेलले शिक्षा नीतिलाई सकरात्मक ढंगले लिन पनि आग्रह गरे।

प्रकाशित: Nov 07, 2019| 11:25 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्