बुधबार, चैत ११, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • कुवेतसँगको खेल नेपालमा नहुने, भुटानमा गराउन एन्फाको प्रस्ताव

कुवेतसँगको खेल नेपालमा नहुने, भुटानमा गराउन एन्फाको प्रस्ताव

फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल नेपालमा नहुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कुवेतसँगको खेल दशरथ रंगशालामा नहुने पक्का भएको जानकारी दिएको छ।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

काठमाडौं - फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल नेपालमा नहुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कुवेतसँगको खेल दशरथ रंगशालामा नहुने पक्का भएको जानकारी दिएको छ।

National life

एसियाली फुटबल महासंघ (एएफसी) को प्रतियोगिता समितिका प्रतिनिधि देङ् सिओ लोङले दशरथ रंगशालाको निरीक्षणपछि दशरथ रंगशालालाई अयोग्य ठहर गर्दै खेल स्थल परिवर्तन गर्ने निर्देशन दिएका थिए। उनको निर्देशनपछि एन्फाले खेल स्थगित भएको जानकारी दिँदै भुटानको चाङ्लिमिथाङमा खेल गराउने प्रस्ताव गरेको जानकारी दिएको छ। खेल उक्त रंगशालामा हुने करिब पक्का नै भएको छ।

मंसिर ३ गते हुने भनिएको खेल पुनर्निर्माण भइरहेको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार नभएपछि त्यही मितिमा भुटानमा गर्न प्रस्ताव गरिएको हो। छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ। नेपाल समूहको चौथो स्थानमा छ। यस अघिको खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको थियो।

Image may contain: text

प्रकाशित: Nov 07, 2019| 10:16 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।