आइतबार, साउन ३१, २०८३

'टिभिएस अपाचे सप्तरङ्ग सिरिज २' आयोजना हुँदै

नेपालका लागि टिभिएस टु ह्वीलरको आधिकारीक बिक्रेता जगदम्बा मोटर्स प्रालिको सक्रियतामा सातै प्रदेशमा टिभिएस अपाचे सप्तरङ्ग सिरिज २ को आयोजना गर्ने भएको छ।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

काठमाडौं - नेपालका लागि टिभिएस टु ह्वीलरको आधिकारीक बिक्रेता जगदम्बा मोटर्स प्रालिको सक्रियतामा सातै प्रदेशमा टिभिएस अपाचे सप्तरङ्ग सिरिज २ को आयोजना गर्ने भएको छ।

यस मनोरञ्जनात्मक कार्यक्रमको उद्घाटन सातै प्रदेशका मुख्यमन्त्रीहरुले गर्ने कार्यक्रम तय गरिएको छ।

सप्तरङ्गको पहिलो श्रृंखलाको लोकप्रियताबाट हौसिएको आयोजक संस्था ग्रीष्मा ब्रोडकाष्टिङ्गको आयोजना रहेको यो संगीतमय मनोरञ्जनात्मक कार्यक्रम देशको सातवटै प्रदेशमा कार्तिक २१ गतेदेखि मंसिर ४ गतेसम्म प्रस्तुत गरिनेछ।

कार्यक्रममा विभिन्न गीतसंगीतका साथसाथै नृत्य, प्रहसन आदि समावेश गरिएका छन्। यस सांगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमाल रहनेछन् भने साथमा जितु नेपाल, गायक सुगम पोखरेललगायतका चर्चित कलाकारहरुले आ-आफ्नो प्रस्तुति दिने आयोजकले जानकारी दिएको छ।

नेपाललाई सन् २०२० मा भ्रमण वर्षको रुपमा मनाउन लागेको सन्दर्भमा पर्यटन प्रवर्द्धन र समुन्नतिका लागि भन्ने नाराका साथ आयोजना गरिन लागेको यस कार्यक्रमले भ्रमण वर्षको लक्ष्य प्राप्तीमा सहयोग पुर्‍याउने अपेक्षा पनि आयोजकले गरेको छ।

प्रकाशित: Nov 07, 2019| 07:37 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्