शुक्रबार, साउन १, २०८३

पीएसजी दोस्रो चरणमा प्रवेश

न्सेली लिन वन क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

काठमाडौं- फ्रान्सेली लिन वन क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

बुधबार राति भएको खेलमा ब्रुगिसलाई १-० गोलले पराजित गर्दै पीएसजी अन्तिम १६ मा प्रवेश गरेको हो।

पीएसजीको जितका लागि खेलको एक मात्र निर्णायक गोल मौरो इकार्डीले गरे। उनले खेलको २१ औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा भने दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल पीएसजीले जितेको हो।

पीएसजी स्टार फरवार्ड नेयमारबिना मैदान उत्रिएको थियो। उनी चोटका कारण केही समय मैदान बाहिर छन्।

जितसँगै समूह ‘ए’मा रहेको पीएसजी च्याम्पियन्स लिगमा शतप्रतिशत जित निकालेको छ। अबको खेलमा रियल मड्रिडलाई पराजित गर्न सके

पीएसजी समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गर्ने छ। 

पीएसजीले ४ खेलबाट १२ अंक जोडेको छ। ब्रुगिस २ अंकसहित तालिकाको तेस्रो स्थानमा छ।

एजेन्सी

प्रकाशित: Nov 07, 2019| 03:04 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।