बुधबार, चैत ११, २०८२

रोड्रिग्वको ह्याट्रिकमा रियलको फराकिलो जित

ब्राजिलियन युवा रोड्रिग्वले ह्याट्रिक गरेपछि च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले फराकिलो जित निकालेको छ।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

काठमाडौं- ब्राजिलियन युवा रोड्रिग्वले ह्याट्रिक गरेपछि च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले फराकिलो जित निकालेको छ।

National life

बुधबार राति भएको खेलमा रियल मड्रिडले टर्किस क्लब गलातासारेमाथि ६-० गोलको फराकिलो जित निकालेको हो।

खेलमा करिम बेन्जिमाको दुई र सर्जियो रामोले एक गोल गरे। खेलको चौथो मिनेटमा रोड्रिग्वको गोलबाट रियलले अग्रता लिएको थियो। सातौं मिनेटमा रोड्रिग्वको गोलबाट नै रियलले अग्रता दोब्बर बनायो। १४ औं मिनेटमा सर्जियो रामोसले पेनाल्टीमा गोल गर्दै रियललाई ३-० को अग्रता दिलाए। पहिलो हाफको अन्तिम मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई पहिलो हाफमा ४-० को फराकिलो अग्रता दिलाए। ८१ औं मिनेटमा बेन्जेमाले नै व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ५-० को स्थितिमा पुर्याए। खेलको इन्जुरी समयमा रोड्रिग्वले गोल गर्दै ह्याट्रिक पूरा गरे।

समूह ‘ए’मा रहेको रियलले ४ खेलबाट ७ अंक जोड्यो। रियललाई नकआउट चरणमा छनोट हुन २ अंक आवश्यक छ।

एजेन्सी 

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 07, 2019| 02:52 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।