बुधबार, चैत ११, २०८२

युभेन्टस च्याम्पियन्स लिगको नकआउट चरणमा

इटालियन सिरी ए क्लब युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

काठमाडौं- इटालियन सिरी ए क्लब युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

National life

बुधबार राति भएको खेलमा लोकोमोटिभ मस्कोलाई २-१ गोलले पराजित गर्दै युभेन्ट्सले अन्तिम १६ मा प्रवेश गरेको हो।

युभेन्टसको जितका लागि आरोन राम्सी र ड्युगलस कोस्टाले एक–एक गोल गरे। मस्कोका लागि अलेक्सी मिरान्चुकले एक गोल फर्काए। खेलको तेस्रो मिनेटमा नै युभेन्टसले अग्रता लिएको थियो। क्रिस्टियानो रोनाल्डोको फ्रि-किकमा राम्सीले युभेन्टसलाई अग्रता दिलाएका हुन्। खेलको १२ औं मिनेटमा मस्कोका अलेक्सी मिरान्चुकले गोल गर्दै खेलमा १-१ को बराबरीमा ल्याए।

दोस्रो हाफमा गोल गर्नका लागि युभेन्टसले लामै समय कुर्नुपर्यो। वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका ड्युगलस कोस्टाले खेलको इन्जुरी समयमा गोल गर्दै युभेन्ट्सलाई जित दिलाएका थिए।

जितसँगै समूह ‘डी’मा रहेको युभेन्टसले चार खेलबाट १० अंक जोडेकाे छ। मस्कोको ३ अंक छ।

Laxmi sunrise bank
kumari

एजेन्सी

प्रकाशित: Nov 07, 2019| 02:45 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।