बुधबार, चैत ११, २०८२

पहिलो दिन एमसीसीको बलियो स्कोर

मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले फर्स्ट क्लास क्रिकेटको पहिलो दिन नेपालविरुद्ध उच्च योगफल तयार परेको छ।
 |  बुधबार, कात्तिक २०, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २०, २०७६

काठमाडौं - मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले फर्स्ट क्लास क्रिकेटको पहिलो दिन नेपालविरुद्ध उच्च योगफल तयार परेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले बिहिबार ८६ ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रनको बलियो योगफल तयार परेको हो।

National life

खराब प्रकासको कारण ९ ओभरको खेल भने बाँकी रहेको छ। एमसीसीको उच्च योगफल तयार पार्न तीन खेलाडीले अर्धशतकीय पारी खेले। विल रोड्सले ७३ रनको अर्धशतकीय पारी खेल्दा विल भान्डेर्सपारले ५३ रन र मिल्स हाम्मोन्डले ५२ रनको अर्धशतकीय पारी खेले।

त्यस्तै टम वेस्ट्लीले ३९, एड योङले १७ र बिली गोडलम्यानले १० रन जोडे। यासिर अराफाट ३५ र एलेक्स थोम्पसन २१ रनमा अविजित रहेका छन्।

नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र शरद भेषवाकरले समान दुई-दुई विकेट लिए। अब बिहीवार पनि एमसीसीले सुरुवातमा ब्याटिङ गर्ने छ।

प्रकाशित: Nov 06, 2019| 11:20 बुधबार, कात्तिक २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।