शुक्रबार, साउन १, २०८३

एएफसी यु-१९ च्याम्पियनसिप : नेपाल र युएई भिड्दै

एएफसी यु-१९ च्याम्पियनसिप छनोटको पहिलो खेलमा आज (बुधबार) नेपालले संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्दैछ।
 |  बुधबार, कात्तिक २०, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २०, २०७६

काठमाडौं - एएफसी यु-१९ च्याम्पियनसिप छनोटको पहिलो खेलमा आज (बुधबार) नेपालले संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्दैछ।

इरानको तेहारानस्थित पिएएस स्टेडियममा हुने खेल नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ।

प्रतियोगितामा नेपाल समूह ‘डी’ मा रहेको छ। नेपालको समूहमा किर्गिस्तान, युएई र इरान रहेका छन्। नेपालले दोस्रो खेल इरानसँग २२ गते र तेस्रो खेल २४ गते कीर्गिस्तानसँग खेल्नेछ।

नेपाली टोलीको गोलकिपरमा विशाल सुनार, रोहित कार्की र पुजन होना छन् भने डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, नवीन गुरुङ, रोशन डोङ, विकास खवास, योगेश गुरुङ र निराजन महर्जन छन्।

त्यसैगरी मिडफिल्डरमा दर्शन गुरुङ, रञ्जन पुन, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, अनिल महर्जन र दिनेश हेम्जन तथा फर्वाडमा मनिष डाँगी, राजीव लोप्चन, रेजिन सुब्बा र दीपेश आले मगर छन्।

प्रकाशित: Nov 06, 2019| 08:40 बुधबार, कात्तिक २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।