बुधबार, कात्तिक १९, २०८२

आफन्तबाटै असुरक्षित छन् बालिका

फागुनमा वीरेन्द्रनगरकी एक किशोरीलाई गाउँकै चिनेजानेका साथीले घुम्न लैजाने भन्दै बलात्कार गरे। किशोरीको उजुरीपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो।
 |  बुधबार, कात्तिक २०, २०७६

देव राना

देव राना

बुधबार, कात्तिक २०, २०७६

सुर्खेत - फागुनमा वीरेन्द्रनगरकी एक किशोरीलाई गाउँकै चिनेजानेका साथीले घुम्न लैजाने भन्दै बलात्कार गरे। किशोरीको उजुरीपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार किशोरी र बलात्कारमा संलग्न चिनजानकै हुन्। चिनेजानेका भएकै कारण उनीहरूलाई विश्वास गरेर सँगै घुम्न निस्केकी ती किशोरीले आफ्नो अस्मिता जोगाउन सकिनन्।

Kumaribank

असोज २४ गते राति सुर्खेतमा एक बालिकाले आफू बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी दिइन्। उजुरीपछि प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगरकी १३ वर्षीया ती बालिका पनि चिनेजानेकासँगै घुम्न गोठीकाँडा पुगेकी थिइन्। सोही क्रममा आफूमाथि बलात्कार भएको उनले प्रहरीलाई बयान दिएकी छन्। प्रहरी स्रोतले भन्यो, ‘अनुसन्धान जारी छ, चिनजानमै विश्वास गरेर घुम्न गएका बेला यो घटना भएको देखिन्छ।’

यी प्रतिनिधिमूलक घटना हुन्। पछिल्ला दिनमा कर्णालीमा बालिका, किशोरी र महिलामाथि बलात्कारका घटना बढेका छन्। प्रहरीमा दर्ता भएका उजुरीका आधारमा पनि बलात्कारका घटना बढेको देखाएको छ। तर अधिकांश घटना गाउँघरमै लुकाउने गरिएका कारण बलात्कारका धेरै घटना बाहिर नआउने प्रहरीको भनाइ छ। चिनेजानेका, आफन्त, नक्कली प्रेमी र कतिपय अवस्थामा परिवारका सदस्यबाटै बालिका तथा किशोरी बलात्कृत हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

‘विश्वास गरेकाहरुबाटै बालिका र किशोरी असुरक्षित छन्’ प्रहरीका एक अनुसन्धान अधिकृत भन्छन्, ‘चिनेजानेकाबाटै धेरै बलात्कारका घटना भएका छन्, जसलाई विश्वास गर्छन् उनीहरुबाटै महिला र बालिका बलात्कृत हुन्छन्।’ विश्वास गरेकाहरुले नै विश्वासघात गर्ने गरेको महिला अधिकारकर्मी बताउँछन्। महिला अधिकारकर्मी पवित्रा शाही भन्छिन्, ‘आफन्त र चिनेजानेकाको पनि विश्वास छैन। कतिपय बालिका परिवारका सदस्यबाटै सुरक्षित छैनन्।’

पछिल्ला तीन वर्ष अवधिमा कर्णालीमा बलात्कारका चार सय १७ वटा मुद्दा दर्ता भएका छन्। बलात्कार गरेको आरोपमा चार सय ५९ जना पक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लोकनाथ तिम्सिनाले बताए।



चालु आर्थिक वर्षमा सुर्खेतमा १७, दैलेखमा पाँच, रुकुमपश्चिममा चार, जाजरकोट, सल्यान र कालिकोटमा तीन/तीन तथा जुम्ला, हुम्ला र मुगुमा एक/एक मुद्दा दर्ता भएका छन्। प्रहरीले ६ महिनामा ३९ जनालाई पक्राउ गरेको छ। जनघनत्व बढ्दै गएपछि सुर्खेतमा बलात्कारका घटना बढेको प्रहरी अधिकारी बताउँछन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयका डीआईजी पूर्णचन्द्र जोशीले बलात्कारीलाई कारबाहीको दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने बताए। बलात्कारका घटना न्यूनीकरण गर्न कर्णालीका सबै प्रहरी कार्यालयमार्फत जनचेतनामूलक अभियान सञ्चालन हुँदै आएको छ। उनले भने, ‘प्रहरीको प्रयासले मात्र अपराध नियन्त्रण सम्भव छैन’, जोशी भन्छन्।

Metro Mart

बालअधिकारकर्मी पवित्रा शाही भने कानुन कार्यान्वयन नहुँदा बलात्कारका घटना बढेको बताउँछिन्। विपन्न बालिका विवाहको प्रलोभनमा परी बलात्कारको सिकार हुने गरेको उनको बुझाइ छ। ‘पछिल्लो समय उमेर नपुगेका बालिकालाई विवाहको प्रलोभन देखाएर बलात्कार गर्ने घटना दोहोरिरहेका छन्’, उनी भन्छिन्, ‘बालिकाहरु पीडित हुनुको मुख्य कारण विवाहको प्रलोभन हो।’

प्रकाशित: Nov 06, 2019| 08:21 बुधबार, कात्तिक २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।