शुक्रबार, साउन १, २०८३

प्रथम श्रेणीमा कप्तान मल्लकै डेब्यू

नेपाली राष्ट्रिय क्रिकेट टोलिले आज (बुधबार) देखि मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग प्रथम श्रेणीको खेल खेल्दैछ। १४ वर्षपछि प्रथम श्रेणीको क्रिकेट खेल्न
 |  बुधबार, कात्तिक २०, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २०, २०७६

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलिले आज (बुधबार) देखि मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग प्रथम श्रेणीको खेल खेल्दैछ।

१४ वर्षपछि प्रथम श्रेणीको क्रिकेट खेल्न लगेको नेपाली राष्ट्रिय क्रिकेट टोलिबाट कप्तान ज्ञानेन्द्र मल्लसहित धेरै खेलाडीहरूले प्रथम श्रेणीमा डेब्यू गर्दै छन्।

कार्तिक १३ गते नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका मल्लको यसै खेलबाट अन्तर्राष्ट्रिय कप्तानीमा डेब्यू समेत हुनेछ।

यसअघिको एकदिवसीय खेललाई भने आईसीसीले मान्यता दिएको थिएन। टियू क्रिकेट मैदानमा हुन लागेको तीन दिने प्रथम श्रेणीको क्रिकेटका लागि घोषणा गरेको नेपाली टोलिमा सोमपाल कामी र शरद भेषवाकर बाहेक अन्य खेलाडीले भने प्रथम श्रेणीको अनुभव लिएका छैनन्।

शरदले सन् २००४ मा यूएईविरद्ध प्रथम श्रेणीमा डेब्यू गरेका थिए। त्यस्तै सोमपालले सन् २०१५(१६ मा श्रीलंकाको सारासेन्स स्पोर्ट्स क्लबाट प्रथम श्रेणी खेलेका थिए। नेपालले पहिलो पटक सन् २००४ मा प्रथम श्रेणी खेलेको थियो।

सन् २००५ मा मार्चमा यूएईसँग कीर्तिपुरमा खेले पश्चात् नेपालले प्रथम श्रेणीको खेलेको पहिलोपटक खेल्दै छ। १४ वर्षपछि नेपाली टोलि रातो बल र सेतो जर्सीमा मैदानमा उत्रिदै छ।

को को छन् नेपाली टोलीमा ?

ज्ञानेन्द्र मल्ल (कप्तान),

शरद भषवकर,

बिनोद भण्डारी,

वसन्त रेग्मी,

सोमपाल कामी,

जितेन्द्र मुखिया,

करण केसी,

दीपेन्द्र सिंह ऐरी,

आरिफ शेख,

ललित नारायण राजवंशी,

पवन सरार्फ,

राजु रिजाल,

रोहित कुमार पौडेल

र, सन्दीप लामिछाने

प्रकाशित: Nov 06, 2019| 05:37 बुधबार, कात्तिक २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।