शनिबार, साउन ३०, २०८३

लक्ष्यको ७८ प्रतिशत मात्र उठ्यो राजस्व

चालू आर्थिक वर्षको तीन महिनामा एक खर्ब ९८ अर्ब रुपैयाँ मात्र राजस्व उठेको छ।
 |  मंगलबार, कात्तिक १९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १९, २०७६

काठमाडौं - चालू आर्थिक वर्षको तीन महिनामा एक खर्ब ९८ अर्ब रुपैयाँ मात्र राजस्व उठेको छ। सरकारले तीन महिनामा २ खर्ब ५२ अर्ब ४० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। यो लक्षित राजस्वको ७८.५ प्रतिशत मात्र हो। आयातमा कमी, अन्तःशूल्कमा भइरहेको विवादका कारण सरकारले लक्ष्य अनुसारको राजस्व उठाउन नसकेको हो।

अर्थमन्त्रालयका अनुसार यस अवधिमा भन्सार राजस्व ३९ अर्ब ८ करोड उठेको छ। भन्सारतर्फको राजस्व ५९ अर्ब ७६ करोड उठाउने लक्ष्य रहेको थियो।

सरकारले यस आर्थिक वर्षको पहिलो तीन महिनामा मूल्य अभिबृद्धि (भ्याट) तर्फ ६४ अर्ब ३९ करोड, अन्तःशूल्क तर्फ ३२ अर्ब ९० करोड, शिक्षा सेवा शूल्क तर्फ २३ करोड रुपैयाँ उठाएको छ भने आयकरतर्फको राजस्व ३४ अर्ब ९४ करोड मात्र उठेको छ। ति शिर्षकमा क्रमशः ६१ अर्ब ०२ करोड, ४२ अर्ब ९० करोड, ३६ करोड र ३९ अर्ब ३० करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको थियो।

त्यसैगरी करतर्फ सरकारले एक खर्ब ७७ अर्ब ५४ करोड रुपैयाँ राजस्व उठाएको छ। तर सरकारले तीन महिनाको अवधिमा २ खर्ब ३१ अर्ब ७४ करोड रुपैयाँ कर राजस्व उठाउने लक्ष्य राखेको थियो। त्यस्तै गैरकरतर्फ २० अर्ब ६६ करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको थियो तर २० अर्ब ४६ करोड रुपैयाँ मात्र उठाउन सरकार सफल भएको छ।

पेट्रोलियम पदार्थ र सवारी साधनको आयातमा भएको कमीका कारण भन्सार राजस्वमा कमी आएको छ भने अन्तःशूल्कमा भएको समस्याका कारण पनि राजस्वमा कमी आएको अर्थमन्त्रालयले जनाएको छ।

प्रकाशित: Nov 05, 2019| 11:59 मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्